१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar थापाथलीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते News Polar एसियाली तेक्वान्दोमा नेपालका दुई खेलाडी पहिलो चरणबाटै बाहिरिए News Polar हिमलुङ हिमपहिरोमा थप चार शव फेला, मृतकको संख्या ११ पुग्यो News Polar सांसदहरुले उठाएको राष्ट्रिय मुद्दालाई सरकारले बेवास्ता गर्‍योः प्रमुख सचेतक राई News Polar युटिएलले तिर्नुपर्ने बक्यौता र जरिवाना सरकारी बाँकी सरह असुलउपर गरिने News Polar हिमालय एयरलाइन्स द्वारा काठमाडौं–हाङझाउ–काठमाडौं सिधा उडान सुरु News Polar विश्वव्यापी साझा अवधारणाका साथ हिमालय संरक्षण अभियानमा निरन्तर पहल हुन आवश्यकः उपनेता पराजुली News Polar प्रधानमन्त्री शाहद्वारा अष्ट्रेलियाको सहयोगप्रति कृतज्ञता व्यक्त News Polar राईको सरकारलाई प्रश्न–‘सुशासन नारामै सीमित, जनताका मुद्दामा परिणाम खोइ?’ News Polar दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु News Polar कृषिको व्यावसायिकताका माध्यमबाट समृद्धिको लक्ष्यमा मकवानपुरको बकैया News Polar  प्रधानमन्त्रीज्यू, संसद् तपाईंको अनुकूलतामा चल्ने संस्था होइन News Polar धानखेती भरपर्दो नहुँदा किसान अन्योलमा News Polar प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट News Polar गल्छी–बेत्रावती सडकको ट्रयाक खुल्यो, बेलिब्रिज जडानको तयारी News Polar दूरसञ्चार सेवाको गुणस्तर सुधार्न मन्त्री तिमिल्सिनाको निर्देशन News Polar कांग्रेस नेता आङदेम्बेको टिप्पणी : ‘बलियो जनमत पाए पनि सरकारको शासन सञ्चालन कमजोर’ News Polar काँग्रेस विरोधी गतिविधिमा लाग्नेलाई अनुशासन समितिले कारबाही गर्ने News Polar २० वर्षदेखि थन्किएका संक्रमणकालीन न्यायका फाइल तत्काल अघि बढाउन सांसद बास्कोटाको माग News Polar नियुक्ति प्रक्रियामा ढिलाइ र निमित्तको निरन्तरतामाथि एमाले सांसद सिद्धिकीको प्रश्न

वडाध्यक्षलाई विद्यार्थीको प्रश्न: ‘खेल्ने सामग्री कसले दिन्छ ?’

वडाध्यक्षलाई विद्यार्थीको प्रश्न: ‘खेल्ने सामग्री कसले दिन्छ ?’
अ अ+ अ-

काठमाडौँ । “हाम्रो विद्यालयमा केटीहरुलाई खेल्ने सामग्री छैन । कसले दिन्छ वडाध्यक्ष ज्यु ?” यो प्रश्न कक्षा ९ की विद्यार्थी क्रिष्टिना खड्काले काठमाडौँ महानगरपालिका–१० का वडाध्यक्ष रामकुमार केसीसमक्ष गरेकी हुन् ।

रत्नराज्यलक्ष्मी उच्च माध्यमिक विद्यालयमा अध्ययनरत क्रिष्टिनाले आज विद्यालयको हलभित्र वडाध्यक्षलाई प्रश्न गरेकी छन् । “स्कुलमा खेलकुदमा विभेद् छ । केटालाई जति खेलकुदमा महत्व दिइन्छ त्यति केटीलाई ध्यान दिने गरिँदैन”, उहाँले भन्नुभयो ।

क्रिष्टिनाको प्रश्नप्रति वडाध्यक्ष केसीले तत्कालै सम्बोधन गर्दै आवश्यकपर्ने खेलकुद सामग्रीको बजेट तयार पारेर खरिद गर्न विद्यालयका प्रधानाध्यापकलाई निर्देशन दिनुभयो । खेलकुद सामग्री आउने कुराले क्रिष्टिनालगायत बालबालिकाले खुसी हुँदै उहाँलाई धन्यवाद दिएका थिए ।

एकता फाउन्डेशनले आज मध्यबानेश्वरस्थित उक्त विद्यालयमा ‘बालबालिका र वडाध्यक्षबीच प्रश्न–उत्तर’ कार्यक्रम आयोजना गरेको थियो । ‘बालविकास विषयक’ विद्यालयस्तरीय कार्यक्रममा सहभागी अरु विद्यार्थीलेसमेत आफ्ना जिज्ञासा जनप्रतिनिधिसमक्ष राखेका थिए । वडाध्यक्ष केसीले बालबालिकाको विकासका लागि आवश्यक रणनीति बनाएर अघि बढ्नुपर्ने भन्दै आफ्नोतर्फबाट सदैव सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।

विद्यालयमा खेलमैदानको अभाव रहेको भन्दै वडाध्यक्ष केसीले भद्रघले सदनको खुला मैदानमा विद्यालयका लागि रङ्गशाला बनाउने तयारी भइरहेको जानकारी दिनुभयो । “खेलमा विभेद् हुनुहुँदैन, सबैले खेल्ने वातावरण बनाउदैछौँ”, उहाँले भन्नुभयो, “योजना बनाएर हरेक सामुदायिक विद्यालयमा खेल मैदान बनाउने छौँ ।” विद्यार्थीले शैक्षिक भ्रमण गर्न नपाएको गुनासो गरेपछि वडाध्यक्षले विद्यार्थीलाई शैक्षिक भ्रमण समिति बनाउन सुझाव दिँदै सोहीअनुसार बजेट ल्याइने बताउनुभयो ।

“एउटै बेच्नमा सात जना कोचिएर पढ्नुपर्छ । हामीले कहिले खुला भएर पढ्न पाउने रु” यो प्रश्नमा वडाध्यक्ष केसीले उक्त समस्याको चाँडै समाधान निकाल्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रमा शिक्षा मन्त्रालयका शाखा अधिकृत उषा लामिछानेले ‘बालअधिकार र विद्यालयमा बालमैत्री वातावरण निर्माणमा विद्यार्थीको भूमिका’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

वडा सदस्य सुनिता भित्रकोटीले रत्नराज्यलक्ष्मी विद्यालयको शैक्षिक गुणस्तर सुधारिँदै गएको बताउनुभयो । विद्यालयका प्रधानाध्यापक रामाशिष यादवले विद्यालयको सीमित स्रोतसाधनमा पनि बालबालिकालाई पढ्ने अनुकूल वातावरण मिलाउँदै आएको बताउनुभयो । उहाँले पछिल्लो समय पढ्ने मात्रै शिक्षा नभई असल संस्कृति अनुशरण गर्नु पनि रहेको बताउँदै बालबालिकामा असल संस्कृतिको अभ्यास गराइरहेको जानकारी दिनुभयो ।

एकता फाउन्डेशनका अध्यक्ष रामहरि शाही (समुन्द्री)ले बालबालिकामा प्रश्न गर्ने संस्कार विकास गराउन यस्तो अन्तक्र्रिया कार्यक्रम गर्दै आइएको जानकारी दिनुभएको थियो । रासस