६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद विघटन: संवैधानिक इजलासमा सुनुवाई हुँदै



अ+ अ-

काठमाडौं । आज पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुमाथिको सुनुवाई हुँदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि सर्वोच्च अदालतमा १२ वटा रिट परेको हो । साथै आगामी आगामी वैशाख १७ र २७ गते मध्यावधि चुनाव पनि घोषणा गरेको छ । 

रिटहरु वृहत पूर्ण इजलासमा गर्नुपर्ने भन्दै अधिवक्ताहरुले संयुक्त निवेदन दिएका थिए । तर अघिल्लोपटकको सुनुवाइमा छलफल सकिएन र त्यसलाई भएपछि हेर्दाहेर्दैमा राखेर आजसम्मलाई सारिएको थियो । आज पनि यसै विषयमा बहस जारी रहने छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा नेतृत्वको हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी नेतृत्वको इजलास बनाएका थिए । न्यायाधीश कार्कीको ठाउँमा भने सपना प्रधान मल्ललाई रहेका छन् ।