१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

प्रिमियर लिगको अन्तिम खेल आज, सिटी र आर्सनल उपाधि होडमा

प्रिमियर लिगको अन्तिम खेल आज, सिटी र आर्सनल उपाधि होडमा
अ अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा आज सिजनको अन्तिम खेलहरु हुँदैछन् । आज आइतबार राति एकैसमयमा २० टोलीले प्रतिस्पर्धा गर्नेछन् । विशेषतः उपाधि होडमा रहेका टोली रेलिगेसन जोनमा रहेका टोलीलाई आजको खेल निकै महत्वपूर्ण रहेको छ ।

यस सिजनको उपाधि होडमा दुई टोलीमात्र रहेका छन् । म्यान्चेस्ट सिटी उपाधि होडमा प्रमुख दाबेदार रहेको छ भने आर्सनलको पनि आज लिग जित्ने सम्भावना रहेको छ । सिटी लगातार चौंथो सिजन उपाधि जित्ने दाउमा रहेको छ भने आर्सनल २० वर्षपछि उपाधि जित्न चाहन्छ । यद्यपि, आर्सनलले लिग जित्न अर्को टोलीको नतिजामा भर पर्नुपर्नेछ । अर्थात् म्यान्चेस्टर सिटीले खेल हार्नुपर्नेछ वा बराबरी खेलेमा आर्सनलले गोल डिफरेन्स (जीडी) बढाउनुपर्नेछ ।

आर्सनलको जीडी ६१ छ भने म्यान्चेस्टर सिटीको ६० छ । अंकतालिकामा शीर्षस्थानमा रहेको सिटीको ८८ अंक छ भने दोस्रो स्थानमा रहेको आर्सनलको ८६ अंक छ । ३७ खेलसम्म आइपुग्दा सिटीले २७ खेल जितेको छ भने ७ बराबरी खेल्र्द ३ खेलमा पराजित भएको छ ।

अर्कोतर्फ आर्सनलले समान खेलमा २७ खेलमै जित निकाल्दा ५ खेलमा बराबरी तथा ५ खेलमै पराजय ब्यहोरेको छ । सिटीले विपक्षी टोलीको पोस्टमा ९३ गोल गर्दा ३३ गोल खाएको छ । यस्तै, आर्सनलले ८९ गोल गर्दा २८ गोल खाएको छ ।

शीर्ष चारको कुरा गर्दा यी दुई टोलीबाहेक लिभरपुल र एस्टन भिल्ला शीर्ष चारमा रहँदै च्याम्पियन्स लिगका लागि छनोट भएका छन् । अर्कोतर्फ शेफिल्ड युनाइटेड, बर्नले र लुटन टाउन रेलिगेसनमा परेका छन् ।

आजका खेलहरुः सबै खेल राति ८ः४५ बजे एकैसाथ सुरु हुनेछन्
लिभरपुल भर्सेस वल्भ्स
शेफिल्ड युनाइटेड भर्सेस टोटेनहम
लुटन टाउन भर्सेस फुलहम
ब्राइटन भर्सेस म्यान्चेस्टर युनाइटेड
म्यान्चेस्टर सिटी भर्सेस वेस्टहाम युनाइटेड
आर्सनल भर्सेस एभर्टन
ब्रेन्टफोर्ड भर्सेस न्युक्यासल युनाइटेड
बर्नले भर्सेस नटिङहम फरेस्ट
क्रिस्टल प्यालेस भर्सेस एस्टन भिल्ला
चेल्सी भर्सेस बर्नमाउन