९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

वार्ताको माध्यमबाटै सीमा समस्या समाधान गर्ने नेपालको चाहना-परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली

वार्ताको माध्यमबाटै सीमा समस्या समाधान गर्ने नेपालको चाहना-परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली
अ अ+ अ-

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धमा आँच पु¥याउने सिमानासम्बन्धी समस्या वार्ताको माध्यमबाटै समाधान गर्न सहमत नेपाल र भारतले एउटा क्षेत्रको मतभिन्नताका बाबजुद पारस्परिक सम्बन्धका समग्र आयामलाई निरन्तर गति दिइरहेका बताउनुभएको छ । 

भारतीय विश्व सम्बन्ध परिषद्ले आज नयाँ दिल्लीमा आयोजना गरेको प्रवचनमा उहाँले नेपाल र भारतबीचको एक हजार आठसय किलोमिटर अन्तर्राष्ट्रिय सिमानामध्ये केही किलोमिटर खण्डको मात्र सिमाङ्कनको काम बाँकी रहेको यथार्थ सुनाउँदै त्यसको पूर्णताका निम्ति संवाद गर्न नेपाल तयार रहेको तथा निष्कर्षमा पुग्न विश्वास र दायित्वको दायरालाई विस्तारित गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपालको बाह्य सम्बन्धका प्राथमिकता आफ्ना अन्तर्राष्ट्रिय सिमानाबाट प्रारम्भ हुने तथा भारतसँगको सम्बन्धको आधारशिलालाई अझ मजबुत तुल्याउँने  स्पष्ट लक्ष्य र उद्देश्य रहेको उहाँले बताउनुभयो । राजनीतिक एवं आर्थिक सामथ्र्यले विश्वशक्ति राष्ट्रका रुपमा अघि बढेको भारतले गरेको उल्लेखनीय प्रगतिबाट नेपाल हर्षित रहेको तथा दुवै देशका आ–आफ्नै आकाङ्क्षा रहेका बताउँदै मन्त्री ज्ञवालीले स्थिर र समृद्ध नेपाल निर्माण नै तीन करोड नेपालीको अभिलाषा रहेको प्रष्ट्याउनुभयो । 

कोभिड–१९ विरुद्धको खोप सफलतापूर्वक विकास गरेकामा भारतका वैज्ञानिक, शोध एवं अनुसन्धान केन्द्र, नवप्रवर्तक कम्पनीप्रति बधाई ज्ञापन गर्दै उहाँले छिमेकीका नाताले नेपाललाई पनि खोप प्राप्त हुने आशा व्यक्त गर्नुभयो । सार्वभौमिक समानताका सिद्धान्त, पारस्परिक सम्मान र अहस्तक्षेप नेपाल र नेपालीका निम्ति  राष्ट्रिय गौरवका अतिमूल्यवान मान्यता हुन् भन्दै उहाँले कसैप्रति दुराशय नराख्ने र सबैप्रति मैत्री कायम गर्ने नेपालको उद्देश्य भएको बताउनुभयो ।

तीनवर्षअघि नयाँदिल्लीमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारत सम्बन्धलाई समानता, पारस्परिक सम्मान, न्याय, समझदारी, एक–अर्काका चासो र संवेदनशीलताका सबल आधारमामा स्थापित एक्काइशौँ शताब्दी सुहाउँदो अग्रगामी बनाउन चाहेको नेपालको अभिव्यक्ति स्मरण गराउँदै मन्त्री ज्ञवालीले सुदृढ आधारस्तम्भमा रहेको द्विदेशीय मैत्रीलाई अझ घनिभूत तुल्याउन सावधानीपूर्वक अघि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो । 

परिवर्तित सन्दर्भमा नेपाल–भारत सम्बन्धका सबै पक्षको समीक्षा गरी त्यसलाई अझ उन्नत बनाउने सुझाव पेश गर्ने कार्यादेशयुक्त प्रबुद्ध व्यक्ति समूह ९इपिजी०को प्रतिवेदन स्वीकार गरी त्यसलाई कार्यान्वयन गर्नुपर्ने खाँचो मन्त्री ज्ञवालीले औँल्याउनुभयो । नेपालमा जलविद्युत् विकासका अपार संभावनाको चर्चा गर्दै उहाँले पञ्चेश्वर बहुद्देशीय परियोजना, स्वतन्त्र विद्युत् व्यापार, जल र रेलमार्ग, अन्तरदेशीय यातायात, पारबहनलगायत सम्पर्क सञ्जाल विस्तार तथा भारतसँगको व्यापार असन्तुलन घटाउन नेपालको प्रयासमा भारतसहितका नेपालको विकासका साझेदारबाट पूर्वाधार निर्माणमा लगानीका प्रशस्त अवसर रहेको बताउनुभयो । -रासस