४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

‘ॐ’ ब्रह्माण्डीय आवाज

‘ॐ’ ब्रह्माण्डीय आवाज
अ+ अ-

सत्यको एक नाम ॐ हो । ब्रह्माण्डीय ध्वनि,अस्तित्वको ध्वनि,अस्तित्वको लय (अस्तित्वको ढाँचा) नै ॐ हो ।’ॐ’ ध्वनि स्वयं शाश्वत छ, ब्रह्माण्डीय ज्ञान ,समस्तजिवको अस्तित्वको रहस्य लुकेको छ।

सनातन धर्मको मूल ॐकार परिवार भनौ या पूर्वीय दर्शन त्यसमा पनि दक्षिण एसिया हिमत्वखण्ड यानी भारतवर्षको अनन्त- अनन्त खोजको सारा रस ॐ मा ब्रह्माण्डीय ज्ञान लुकेको छ।

जगतमा दुई बस्तुको टकरावबाट ध्वनि उत्पन्न हुन्छ,जसलाई आघात ध्वनि भनिन्छ भने’ॐ’ ध्वनि अनाहत ध्वनि हो । अनाहतको अर्थ स्वयं उत्पन्न ध्वनि, ब्रह्माण्डमा गुञ्जने सदा सर्वदा व्याप्त रहन्छ। ‘ॐ’बास्तवमा  गुह्य, दिव्य तथा सत्वयोग हुनाले साधना,ध्यान, मनन आदि द्वारा अनुभव गर्न सकिन्छ।

ॐ परमात्माका मुखबाट निक्लिएको पहिलो शब्द हो। जसले संसारको रचनामा प्राण भरिदिएर  सृष्टि निर्माणको आरम्भमा एक ध्वनि द्वारा पूरा ब्रह्माण्डमा गुञ्जन फैलियो ,जो ईश्वरको निर्गुण तत्वद्वारा पूर्ण सगुण ब्रह्माण्ड निर्मित भयो ।

यस अनाहत नाद “अ”कार, “उ” कार, “म”कार रुप तीन शब्द (मात्रा)  युक्त’ॐ’ कार प्रकट भएको हो। यस’ॐ’ कारको शक्तिद्वारा प्रकृति अव्यक्तबाट व्यक्त रुपमा परिणत हुन्छ। ॐकार स्वयं व्यक्त , अनादी तथा परमात्मा स्वरुप हुनुका कारण स्वयं प्रकाश पनि हो । जसलाई परम बस्तु  ब्रह्म अथवा परमात्माको नामबाट लिन सकिन्छ । उहीँ परमात्मा स्वरुप बोध ॐकारद्वारा गर्न सकिन्छ।

जसको विषयमा श्रीमद्भगवद्गीतामा’ॐ’ को महत्त्व बारेमा रेखाङ्कित गरिएको छ।

ॐ तत्सदि निर्देशो ब्रम्हणस्त्रिविध स्मृत।
ब्राम्हणास्तेन वेदाश्च यज्ञाश्च विहित पूरा ।।

-श्रीमद्भागवत गीता १७/२३

अर्थात् यी तिन मात्राबाट परमात्माको निर्देश (संकेत) गरिएको छ । उहीँ परमात्माबाट सृष्टिको आदि कालदेखि वेद,ब्राह्मण तथा यज्ञको रचना हुनु ‘ॐ’ तत्सत् यी परमात्माको निर्देश हुन, परमात्माले पहिले वेद ऽब्राह्मण र यज्ञ बनाए । विधि यज्ञ हो, अनुष्ठान ब्राह्मणले गर्ने कार्य र यस कार्यका लागि यज्ञ गराए । यज्ञ ,तप र दानमा कुनै पनि कमि नरहोस् भन्नका निमित परमात्माका नाम स्मरण गर्दै ‘ॐ’ तत्सत: यस मन्त्र गृहस्थ अवस्था उदासीन (साधु) जो पनि कर्म आरम्भ गर्दछ, उसको अभिष्ट प्राप्ती हुन्छ ।   जप, होम,अनुष्ठान , यज्ञ संस्कार आदि सम्पूर्ण कार्य यहि मन्त्र द्वारा सफल हुन्छ । समस्त वैदिक कार्यहरु यज्ञ,हवन,आहुती, मन्त्र,प्रार्थना सर्वप्रथम ॐकार उच्चारण गरेर मात्र आरम्भ हुन्छ । साथै गीतामा उल्लेख छ ।

ओमित्येकाक्षरं ब्रह्म व्याहरन्मामनुस्मरन् ।
यत प्रयाति त्यजन्देहं स याति परमां गतिम् ।।
-श्रीमद्भागवद्गीता ८/१३

अर्थात: ॐ अक्षर रुपि ब्रह्मका उच्चारण गर्दै योग अभ्यासमा स्थित भगवानको चिन्तन गर्दछ र आफ्नो शरीर त्याग गर्दछ भने उस व्यक्तिले परम गति (अध्यात्मिक लोक ) प्राप्त गर्दछ। यहाँ बुझ्नु पर्ने कुरा तीन अक्षर ‘अ’ ‘उ’ र ‘म’ सर्वविदित छ।  ‘अ’ को अर्थ आविर्भाव या उत्पन्न हुनु । ‘उ’को तात्पर्य उड्नु या विकाश र मको मतलब मौन हुनु अर्थात् ‘ब्रह्मलिन’ हुनु । ॐसम्पुर्ण ब्रह्माण्डको उत्पत्ति र सारा सृष्टिको द्योतक हो ।

ॐ मा प्रयुक्त ‘अ’ ले सृष्टिको जन्म तर्फ संकेत गर्छ, ‘उ’ ले उड्ने अर्थ दिन्छ जसको मतलब कुनै तीर्थ स्थल या मन्दिर गएमा अगाध ऊर्जा ग्रहण पश्चात् व्यक्ति स्वप्नमा स्वयं आकाशमा उडेको देख्नु। म को मतलब मौन या ब्रह्मलीन हुनु । यसको महत्त्व परमेश्वर श्रीकृष्णले प्रतिपादित गर्दै स्वयं मौन अर्थात ब्राह्मलीनको पर्याय बताईएको पाईन्छ ‘मौनं चैवास्मि गुह्यानाम्’।

साथै भगवान श्रीकृष्णले भन्नु भएको छ- हे पार्थ ! यस नियम परमेश्वरको ध्यानमा अभ्यास रुपद्वारा युक्त अन्त नजानेवाला चित्त निरन्तर चिन्तन गर्ने मनुष्य परम प्रकाशरुप उस दिब्य पुरुष अर्थात परमेश्वर को प्राप्त गर्दछ । साथै ॐअकारको विषयमा महर्षि पतञ्जलिको कथन: (‘तस्य वाचक प्रणव’। अर्थात  परमेश्वरको वाचक प्रणव हो । प्रणव अथवा ॐ एक ब्रह्म यसमा केही भेद छैन । ॐ अक्षरको क्षर अथवा बिनाश हुदैन।’ॐ’ अर्थात ज्ञानका आधार नै प्रणव हो।

-पतञ्जलि योगसुत्र

‘ॐ इत्येतत् अक्षर’ ।
अर्थात् ‘ॐ’ अविनासी,अव्यय एवं क्षररहित हो । ॐ धर्म ,अर्थ,काम,मोक्ष यी चार पुरुषार्थका प्रदायक हुन् ।ॐ जप गर्ने साधकले आफ्नो उद्देश्य प्राप्ति गर्दछ।

श्रीकृष्णले अर्जुनलाई भन्नुहुन्छ- जुन योगको ज्ञान् मैले तिमीलाई दिए, त्यो मैले आदिकालमा सूर्यलाई दिएको थिँए। यहाँ के बुझिन्छ भने सूर्य नित्य-निरन्तर  ॐ जप गर्दै अनादिकालदेखी अभिमन्त्रीत रहिरहेको छ। ॐ जप या ध्वनि सूर्यमा मात्र होइन कि सम्पूर्ण ब्रह्माण्डमा गुञ्जिरहेको छ।

‘ॐ भूर्भुवस्वस्, तत्सवितुर्वरेण्य‌ भर्गो देवस्य धीमहिस धियो यो न: प्रचोदयात्।’

-ऋग्वेद ३/६२/१०

अर्थात: उस प्राणस्वरुप,दुख: नाशक,सुखस्वरुप,श्रेष्ठ,तेजस्वी,पापनाशक,देवस्वरुप परमात्माको हामी आफ्नो अन्तरात्मा (अन्तस्करण) मा धारण गर्दछौँ।  परमात्मा हाम्रो बुद्धिलाई सन्मार्गमा प्रेरित गर्दछ।

ॐकार लाई ब्रह्मा,बिष्णु र महेश्वरको प्रतिक पनि मानिन्छ । यसलाई भूलोक ,भुवलोक र स्वर्गलोकका प्रतिक पनि मानिन्छ।

ॐ ध्वनि मन्त्र जपको आध्यात्मिक, वैज्ञानिक रूपमा महत्वपूर्ण छ ।  ॐलाई शब्दमा ब्याख्या एवं विश्लेषणद्वारा व्यक्त गर्न सकिन्दैन ।   ॐ ध्वनि अनुभूति गर्न सकिन्छ । ‘अ’ ‘उ’ र ‘म’ तीन अक्षरले बनेको’ॐ’ मा अपार महिमा छ। यसको उच्चारण गर्दा नाभि,हृदय र आज्ञाचक्र जागृत हुन्छ । ‘ॐ’ उच्चारणले शारीरिक तथा मानसिक लाभ प्रदान गर्दछ । यस ध्वनिलाई उच्चारण गर्दा गलामा कम्पन पैदा भइ थाइराइड ग्रन्थिमा सकारात्मक प्रभाव पार्छ । तनावका कारण उत्पन्न हुने द्रब्यको नियन्त्रण गर्छ साथै यसकाे  उच्चारणले पूरा शरीर तनाव रहित हुन्छ ।

यसको निरन्तर-नियमित उच्चारणले मन, मस्तिष्क,चित्त र प्रवृत्ति शान्त हुन्छ । ‘ॐ’ को जप,ध्यानले शारीरिक  आत्मा जागृत हुन्छ ।   हृदय,मस्तिष्कलाई रोगबाट बचाउन सकिन्छ । , शरीरमा रहेका मृत कोशीकाहरु पुन: जीवित गरिदिन्छ ।  रक्त सञ्चार राम्राे  हुन्छ । स्मरण शक्ति,श्रवण शक्ति बढेर जान्छ । यसको बिषयमा हाडवर्ड विश्वविद्यालयका प्रोफेसर हारबर्ट वेन्सनले एक शोधमा यस कुरा उल्लेख गरेका छन् ।

पश्चिमेली वैज्ञानिक तथा अनुसंधान कर्ताहरुले सूर्यमा’ॐ’ ध्वनि गुञ्जने  बताउछन् ।साथै अन्तरिक्षबाट पृथ्वीमा संवाद गर्न संस्कृत भाषा चाहिने तथ्य बताएका छन्। नासाले पनि अन्तरीक्षमा ‘ॐ’  ध्वनि गुञ्जने बताएको छ।

सनातन धर्मको मूल: ॐकारमा  चार वेद,उपनिषद् ,पुराण,रामायण ,महाभारत आदि सारा प्राचिन हिन्दु संस्कृत ग्रन्थहरु समाविष्ट छन् । वैदिक साहित्य धर्म ग्रन्थहरुलाई दुई भागमा विभक्त गरिएको छ- श्रुति परम्परा र स्मृति परम्परा।

ॐकारको महत्त्व बौद्ध-दर्शनमा पनि छ ‘मणिपद्मेहुम्’ का प्रयोगऽ जप एवं उपासनाको लागि प्रचुरता रहेको पाइन्छ। यस अनुसार ‘ॐ’चाहिँ ‘मणिपुर’ चक्रमा अवस्थित मानिएको पाइन्छ। यस चक्र दशदल भएको कमल समान हुने भनिएको छ।

ॐकारको महत्त्व र वर्णन किरात मुन्धुम (वेद) मा पनि उल्लेख पाइन्छ:

‘ॐ तागेरा निङ्वा माङ्।’
-किरात मुन्धुम

अर्थात: जताबाट पनि आईपुग्ने उज्यालो आत्मदेव भनेर प्रार्थना गरिएको पाइन्छ। जो अद्वैत स्वरुप शाश्वत, नित्य एक सत्य ‘ॐ’ स्वयं प्रकाशमान आत्म,आत्माको रुपमा अनुभव गरिन्छ।’ॐ’ को मौनतासँगै सम्पूर्ण चेतना,अस्तित्वको ध्वनि ‘ॐ’ नै सृष्टि उत्पत्ति,जीव,बनस्पति,अन्न आदि लगायतका समस्त अस्तित्वको रचना भनि मुन्धुम (वेद)मा वर्णन गरिएको छ।

वैदिक सनातन धर्ममा जतिपनि धार्मिक ग्रन्थहरु छन् यी सबैमा ‘ॐ’ परक छन्। वेद,मुन्धुम,त्रिपिटक, गुरुग्रन्थसाहेब लगायतका सारा ग्रन्थमा ‘ॐ’को वर्णन र महत्त्व  पाइन्छ। पूर्वीय दर्शनमा  ॐ’ लाई मूल मन्त्र (महामन्त्र),बिजमन्त्र मानेर जप,ध्यान,पुजा-पाठ, अनुष्ठान र यज्ञ संस्कार गरिन्छ  । आर्यवर्तमा जति पनि धार्मिक सम्प्रदायहरु छन् ती सबैकाे  मुल वैदिक सनातन धर्म हाे ।