९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

संविधान क्षत–विक्षत हुने अवस्था छ

संविधान क्षत–विक्षत हुने अवस्था छ
अ अ+ अ-

संविधान बनाउनेहरुले त्यो पढे कि पढेनन् थाहा छैन । तर संविधान मान्नेहरुले संविधान पढ्नैपर्छ । संविधानको रक्षा कसरी हुन्छ भन्ने चिन्ता लिनुपर्छ ।

युवा विद्यार्थीहरुले माइतीघर मन्डलामा संविधानको पाठ गरिरहेको देख्छु । हुन त, व्यंग्यात्मक छ होला । तर संविधानको पाठ गरिरहनु पर्ने विषय हो । त्यो आज मात्र होइन, ३६५ दिनै । देशैभरिका मानिसले पढिरहनुपर्छ । किनभने संविधान पढे पो संविधान मान्न सकिन्छ । संविधान जान्न सकिन्छ, लाभ लिन सक्छ । संविधान नपढीकन हामीले बिताउनुहुन्‍न ।

एकथरि कस्तो छ भने विघटन संविधान सम्मत् छ भनियो भने सहयोगी विचार ठानिने र त्यो हस्तक्षेपकारी हुँदैन । संविधान असंगत छ भनियो भने त्यो चाहिँ आपत्तिजनक विषय हुन्छ । हामी ‘हुन्छ’ भन्दा र ‘हुन्न’ भन्दा यति ठूलो मापदण्ड निर्माण गर्दा रहेछौ । संविधान हाम्रा लागि महत्वपूर्ण छ । हामीले पढ्नुपर्छ । हाम्रो मन्त्रणा पनि यही हो । संविधान पढ्दा खेरी निर्णयमा असर पर्‍यो होला तर्सिनुपर्ने अवस्था सिर्जना भएको छ । तर हामीले जस्तो सुकै भएपनि संविधानको माया गर्नुपर्छ र रक्षा गर्नुपर्छ । 

संविधान पढ्दा व्याख्या गर्छौ । हामी एउटा धारणा बनाउँछौं । पढ्ने, तर धारणा नबन्ने त पाठ हुँदैन होला । त्यसकारण ज–जसले पढ्छ, त्यसले व्याख्या गर्छ । कुनै कुरामा विवाद हुँदा अन्तिम व्याख्या अदालतले गर्छ । उसको व्याख्या बन्धनकारी हुन्छ । तर, अरुले व्याख्या नै गर्नुहुँदैन भन्‍ने दृष्टिकोण राख्नु हुँदैन ।

लोकतन्त्रमा निर्वाचन पन्छाउनै नसक्ने आधारभूत विषय हो । संविधानवादको कुरा निर्वाचनको विपक्षमा तर्क गर्नुपर्छ भन्ने मलाई लाग्दैन । तर त्यो निर्वाचनको उद्देश्य होला । परिणाम होला । त्यो निर्वाचनको परिणाम संविधानको घेराभित्र रहेर हुनुपर्छ ।

निर्वाचनका लागि निर्वाचन गर्ने हो भने त निर्वाचनको कुनै उद्देश्य पनि हुँदैन । परिणाम पनि हुँदैन । निर्वाचनलाई अर्थपूर्ण र निश्चित परिणाममुखी बनाउने हो भने संविधानको अधिनमा राखेर उसले दिएको अख्तियारीमा रहेर हुनुपर्छ ।

संसद विघटन हो कि संविधान विघटन हो ? प्रश्न यहाँ आएको छ । यो संविधानको घेराभित्र छ कि घेराबाहिर छ ? यो विशुद्ध संवैधानिक हो कि राजनीतिक ? यसलाई विशुद्ध राजनीतिक ठान्ने हो भने त्यो राजनीति कहाँबाट आउँछ ? राजनीतिको सीमा के हुन्छ रु त्यसको दिशा कसरी बोध गर्ने ? हामीले ठान्ने हो के भने त्यो राजनीति पनि संविधानको अधिनमा रहेर नै हुन्छ । संविधान उद्देश्य पूरा गर्ने गरी हुनुपर्छ भनेर हामीले मान्नुपर्छ ।

या त भन्नु प¥यो कि संविधानलाई प्रतिस्थापन गर्ने गरी अर्को किसिमको राजनीति गरेको भन्नुपर्‍यो । त्यसो होइन भने राजनीति गर्नेहरु संविधान असंगत हुन सक्दैनन् । संविधानको अधिनमा रहेर नै राजनीति गर्नुपर्छ । प्रतिनधि सभा विघटन विशुद्ध राजनीति हो भन्ने हो भने हामी कुन दिशामा हुन्छौं ? त्यो भन्नुपर्‍यो ।

प्रतिनिधि सभा विघटनले संविधानको कार्यान्वयन प्रारम्भिक चरणमै प्रभावित भएको छ । संविधान क्षत–विक्षत हुने अवस्था छ । संघीयता र समावेशिताका मुद्दा घिटीघिटी हुने अवस्था छ । सुशासन र विकासको अवस्था के हुन्छ रु सबै कुरा प्रभावित भएन र ? निर्वाचनको अर्थतन्त्रले अरु विकासमा असर गर्दैन र ?

राष्ट्रपति प्रधानमन्त्री कानुनी संस्था हुन् । उनीहरुका काम–कारवाही संविधान बमोजिम मात्र हुन्छ । त्यो भन्दा बढी हचुवा र अनुमानका भरमा भन्न मिल्दैन ।

 संविधान निगरानी समूहद्वारा आयोजित ‘प्रतिनिधि सभा विघटन संवैधानिक व्यवस्था र वर्तमान चुनौति’बारेको कार्यक्रममा पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठबाट ब्यक्त बिचार