११ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सनराइज बैंकको १३ औं विस्तारित काउन्टर करदाता सेवा कार्यालय, धनकुटामा



अ+ अ-

काठमाडौं ।  सनराइज बैंक लिमिटेडले धनकुटा जिल्लाको धनकुटा न.पा.वडा नं.०५ मा अवस्थित करदाता सेवा कार्यालयको प्रांगणमा विस्तारित काउन्टर  (Extension Counter) सेवाको सुरुवात गरेको छ । सो विस्तारित काउन्टर सेवा संचालनमा आएसंगै बैंकको विस्तारित काउन्टर सेवा संख्या १३ पुगेको छ ।

सो विस्तारित काउन्टर समुद्घाटन कार्यक्रम सनराइज बैंकका १ नं. प्रदेश प्रमूख श्री विवेक कुमार निरौला ज्यू तथा सनराइज  बैंक धनकुटा शाखाका शाखा प्रबन्धक श्री दिनेश शर्मा अधिकारी लगायत अन्य कर्मचारीहरु तथा केही स्थानीय उद्योगी, व्यवसायिहरुको उपस्थितिमा धनकुटा नगरपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत  राम बहादुर थापाले गर्नु भएको थियो ।  हालसम्म सनराइज  बैंकले १३९ वटा शाखा, ८५ वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा विस्तारित काउण्टर र १५८ वटा ए.टि.एम मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।