२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेतको सिमानामा विवाद हुँदा कोदालो प्रहार गरी सँधियारको हत्या



symbolic picture
अ+ अ-

सिरहा । सिरहाको अर्नमा गाउँपालिका–२ स्थित ब्रह्मपुरीमा खेतको सिमाना विवादका क्रममा ५५ वर्षीय बचाइ महतोले कोदालो प्रहार गर्दा सोही उमेरका सँधियार बुधराम महतोको मृत्यु भएको छ ।

कोदालो प्रहारबाट बधुरामको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

लामो समयदेखि जमिन विवाद रहेको र उनीहरू आज बिहान पनि खेतमै भेट भएको समयमा विवाद चर्किएर घटना घटेको हुनसक्ने सो वडाका अध्यक्ष दीपेन्द्र महतोले जानकारी दिनुभयो । अध्यक्ष महतोका अनुसार दुई सँधियारबीच लामो समयदेखि जमिनको विषयमा मुद्दा चलिरहेको थियो ।

घटना भएयता बचाइ फरार छन् । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्त प्रहरी नायब उपरीक्षक मुक्तिराम सापकोटाले बताउनुभयो । उहाँका अनुसार प्रहरीले अहिले घटनास्थलमा पुगेर घटनाको अनुसन्धान गरिरहेको छ । रासस