२९ श्रावण २०८३, शुक्रबार
,
Latest
काठमाडौंमा लोकल कन्फरेन्स अफ युथ सुरू, निष्कर्षलाई राष्ट्रसंघीय सचिवालयसम्म लगिने एक करोड पर्यटक भित्र्याउने लक्ष्यसहित अघि बढ्नुपर्छ : सभामुख अर्याल ‘भैरहवा र पोखरा विमानस्थल छिट्टै पूर्ण रूपमा सुचारु हुन्छन्’: सभामुख अर्याल व्यवसायीक संस्थालाई राजनीतिबाट टाढा राख्न सभामुख अर्यालको सुझाव पहिरोले घर पुरिँदा रोल्पामा तीन जनाको मृत्यु लागुऔषधसहित एघार जना पक्राउ देउवालाई विश्वप्रकाशले भने–पार्टीको नेतृत्वमा युवालाई स्वीकार गर्नुस् जाजरकोटमा बाढीले घर र पुल बगायो काँग्रेसलाई बलियो बनाउन संस्थागत एकता र निष्ठा अपरिहार्यः उपसभापति शर्मा पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड होः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिनल्याण्डबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान सहायता स्वीकार



अ+ अ-

काठमाडौँ । सरकारले जलवायु परिवर्तन अनुकुलन कार्यक्रम कार्यान्वयनका लागि फिनल्याण्ड सरकारबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान सहायता स्वीकार गरेको छ ।

बिहीवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले बताउनु भयो । सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहनुभएकी उहाँले सरकारले नेपाल प्रशासन सेवा समूहीकरण अन्तर्गतको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा लोकनाथ पौडेललाई बढुवा गर्ने, नेपाल कृषि वन सेवा समूहीकरणअन्तर्गतको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा राजेन्द्रप्रसाद मिश्रलाई बढुवा गर्ने निर्णय गरेको पनि बताउनु भयो । त्यस्तै सरकारले नीति अनुसन्धान प्रतिष्ठान विकास समितिको कार्यकारी अध्यक्ष पदमा प्रा.डा. लेखनाथ शर्मालाई नियुक्ति गरेको छ ।

उहाँले भन्नुभयो, ‘जलवायु परिवर्तन अनुकुलन कार्यक्रम कार्यान्वयनका लागि फिनल्याण्ड सरकारबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान सहायता स्वीकार गर्ने ।

नेपाल प्रशासन सेवा समूहीकरण अन्तर्गतको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा लोकनाथ पौडेललाई बढुवा गर्ने ।

नेपाल कृषि वन सेवा समूहीकरणअन्तर्गतको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा राजेन्द्रप्रसाद मिश्रलाई बढुवा गर्ने ।

नीति अनुसन्धान प्रतिष्ठान विकास समितिको कार्यकारी अध्यक्ष पदमा प्रा.डा. लेखनाथ शर्मालाई नियुक्ति गर्ने ।

न्युनतम पारीश्रमीक निर्धारण समितिको रिक्त अध्यक्ष पदमा संगीता खड्का काठमाडौंलाई नियुक्ति गर्ने ।’

सरकारले न्युनतम पारीश्रमीक निर्धारण समितिको रिक्त अध्यक्ष पदमा संगीता खड्कालाई नियुक्ति गरेको छ ।