२३ जेष्ठ २०८३, शनिबार
,
Latest
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

युक्रेन सङ्कटको वार्ताका लागि खुला रहेको पुटिनको भनाइ



अ+ अ-

एजेन्सी । युक्रेन सङ्कटको राजनीतिक समाधानार्थ वार्ताका लागि चीनको प्रयासबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीनको स्थितिमा सकारात्मक धारणा व्यक्त गर्नुभएको छ ।

बिहीबारदेखि सुरु हुने पुटिनको दुई दिने चीन भ्रमणको पूर्वसन्ध्यामा सिन्ह्वासँगको लिखित अन्तर्वार्तामा उहाँले चीनले युक्रेन सङ्कटको कारण र यसको विश्वव्यापी भूराजनीतिक प्रभावलाई स्पष्टरूपमा बुझ्ने बताउनुभएको हो ।

चीनले सन् २०२३ फेब्रुअरीमा जारी गरेको १२ सूत्रीय प्रस्तावले युक्रेन सङ्कटको राजनीतिक समाधानमा चीनको स्थिति प्रतिबिम्बित गर्दछ । दस्तावेजमा सङ्केत गरिएका अवधारणा र सुझावहरूले द्वन्द्व स्थिति स्थिर गर्न चीनको निष्कपट इच्छा देखाउने उहाँले बताउनुभयो ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले हालै युक्रेन सङ्कटको शान्तिपूर्ण समाधानका लागि प्रस्ताव गर्नुभएको चार सिद्धान्त माथि उल्लिखित दस्तावेजमा बिल्कुल फिट भएको पुटिनले जोड दिनुभयो ।

“यी कदम ‘शीतयुद्धको मानसिकता’ त्यागी अन्तर्राष्ट्रिय कानून र संयुक्त राष्ट्रसङ्घको बडापत्रको सम्पूर्णता र अन्तरसम्बन्धका लागि अविभाज्य सुरक्षा र सम्मान सुनिश्चित गर्न आवश्यक छ भन्ने विचारमा आधारित रहेका छन्”, राष्ट्रपति पुटिनले भन्नुभयो, “हामीले वार्तालाई कहिल्यै अस्वीकार गरेका छैनौँ, हामी शान्तिपूर्ण तरिकाले यो द्वन्द्वको व्यापक, दिगो र न्यायपूर्ण समाधान चाहन्छौँ, हामी युक्रेनका बारेमा वार्ता गर्न तयार छौँ तर यस्तो वार्तामा हामीसहित द्वन्द्वमा सामेल सबै मुलुकको हितलाई ध्यानमा राख्नुपर्छ ।”




भर्खरै