२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेटर लामिछानेको मुद्दामा आज फैसला आउन सक्ने



अ+ अ-

काठमाडौं । क्रिकेट सन्दीप लामिछानेको मुद्दामा आज फैसला आउने सम्भावना छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा जारी बहस आज सकिने र आजै फैसला आउन सक्ने सम्भावना रहेको हो ।

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेतीको इजलासमा परेको मुद्दा बहस नसकिएपछि हिजो हेर्दाहेर्दैमा राखिएको थियो । आज बहस सकिएपछि फैसला आउन सक्ने उच्च अदालत पाटनले जनाएको छ ।

जिल्ला अदालतको फैसलाप्रति लामिछानेले गरेको पुनरावेदन तथा जिल्ला अदालतले लामिछानेलाई कम सजाय दिएको भन्दै सरकारी वकिलको कार्यालयले उच्च अदालत पाटनमा दिएको निवेदनलाई एकैसाथ राखेर बहस भइरहेको हो ।

काठमाडौं जिल्ला अदालतले जबर्जस्ती करणीमा दोषी ठहर गर्दै आठ वर्ष कैद र तीन लाख रुपैयाँ जरिवाना तथा थप दुई लाख क्षतिपूर्तिको फैसला गरेपछि क्रिकेटर लामिछाने गत फागुन १० गने उच्च अदालत गएका थिए ।

लामिछानेको मुद्दाको सुनुवाइ सुरु भएसँगै उनको पक्षमा विभिन्न ठाउँमा जुलुस निस्कन थालेका छन् । हिजो पनि काठमाडौंका विभिन्न स्थानमा दिनभर जसो जुलुस निस्किए । सन्दीपको पक्षमा नाराबाजी गर्दै उनी निर्दोष रहेको दाबी प्रदर्शनमा सहभागीहरुले गरे ।