९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

राष्ट्रपति जिनपिङको निमन्त्रणामा बेइजिङ भ्रमण गर्दै पुटिन

राष्ट्रपति जिनपिङको निमन्त्रणामा बेइजिङ भ्रमण गर्दै पुटिन
अ अ+ अ-

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा यसै हप्ता चीनको भ्रमण गर्ने बेइजिङको विदेश मन्त्रालयले मङ्गलबार जनाएको छ ।

पुटिन बिहीबारदेखि शुक्रबारसम्म बेइजिङ भ्रमणमा रहनुहुने विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिङले बताउनुभयो । रूसी नेताको छ महिनाभन्दा लामो समयमा दोस्रो चीन भ्रमण हो भने मार्चमा राष्ट्रपतिमा पुन: निर्वाचित भएपछि पहिलो विदेश भ्रमण हो ।

पश्चिमले आफ्नो सैन्य आक्रमणलाई लिएर अभूतपूर्व प्रतिबन्धहरू लगाएका कारण रूस एक महत्त्वपूर्ण आर्थिक जीवन रेखाका रूपमा चीनमा तीव्ररूपम निर्भर रहेको विश्लेषकहरू बताएका छन् ।

बेइजिङले मस्कोसँगको आफ्नो सम्बन्धप्रतिको आलोचनालाई अस्वीकार गरेको छ । उसले ‘कुनै सीमा नभएको’ साझेदारीको प्रशंसा गरेको छ । चीनले सस्तो रूसी ऊर्जा आयात र पावर अफ साइबेरिया पाइपलाइनमार्फत स्थिर ग्यास ढुवानीसहित विशाल प्राकृतिक स्रोतहरूमा पहुँच प्राप्त गरेको छ ।

तथापि उक्त आर्थिक साझेदारी पश्चिममा कडा जाँचको दायरामा आउँदा चिनियाँ बैंकहरूलाई अमेरिकी प्रतिबन्धको डरले विश्वव्यापी वित्तीय प्रणालीबाट अलग गर्नसक्ने डर छ । त्यसैले उनीहरूले रुसी व्यवसायमाथि नियन्त्रण सुरु गरेका छन् ।

“चीनले आफूलाई समर्थन गर्न अझ धेरै प्रयास गरोस् भने रुस चाहन्छ । यस्तो गर्न चीन अनिच्छुक छ किनकी ऊ पश्चिमसँगको आफ्नो सम्बन्धलाई खतरामा पार्न चाहँदैन”, कार्नेगी रुस युरेसिया केन्द्रका निर्देशक अलेक्जेन्डर गाबुयेभले भन्नुभयो ।

चिनियाँ भन्सार तथ्याङ्कअनुसार युक्रेनमा आक्रमणपछि चीन र रुसबीचको व्यापार बढेको छ । यसलाई बेइजिङले कहिले पनि निन्दा गरेको छैन । सन् २०२३ मा यी दुई मुलुकबीचको व्यापार दुई खर्ब ४० अर्बसम्म पुगेको छ ।

यद्यपि वासिङ्टनले मस्कोलाई सुविधा दिने वित्तीय संस्थाहरूलाई कारबाही गर्ने वाचा गरेपछि वर्षको सुरुमा रुसमा बढेको चिनियाँ निर्यात मार्च र अप्रिलमा घटेको छ ।

आफूलाई रुसबाट अलग हुने बढ्दो माग वा यसको परिणामको सामना गरिरहेकाले बेइजिङ रुसको सङ्घर्षरत अर्थतन्त्र सम्हाल्न तयार नभएपछि यस्तो भएको हो

“चिनियाँ बैंकहरू प्रतिष्ठित लागतका बारेमा चिन्तित छन् किनकि उनीहरूले ठूला प्रतिबन्धहरू रोक्न खोजेका छन्”, सिएनएका वरिष्ठ अनुसन्धान वैज्ञानिक एलिजाबेथ विशनिकले एएफपीलाई भन्नुभयो, “निश्चितरूपमा प्रमुख चिनियाँ बैंकहरू हालको आर्थिक कठिनाइहरूलाई ध्यानमा राख्दै त्यस परिस्थितिबाट बच्न चाहन्छन् ।”

विज्ञहरूले यस हप्ताको अत्यधिक प्रतीकात्मक बैठकले ‘कुनै सीमा नभएको’ साझेदारीको प्रशंसा गरिने र केही सम्झौताहरूमा हस्ताक्षर र व्यापार बढाउने वाचा गर्ने अपेक्षा गरेका छन् ।

विश्लेषकहरूका अनुसार बेइजिङले मस्कोलाई समर्थन गर्न कटिबद्ध भएको रुसी नेतालाई राम्रोसँग थाहा छ । यसलाई विश्लेषकहरूले चिनियाँ नीति निर्माता पश्चिमविरुद्ध महत्त्वपूर्ण पर्खाल र अमेरिकी नेतृत्वको विश्व व्यवस्थाविरुद्धको लडाइँमा महत्त्वपूर्ण सहयोगीका रूपमा हेरेका छन् ।