काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव समूहका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले पद प्राप्तिका लागि प्रचण्ड र आफूलाई भर्याङ बनाएको बताएका छन् ।
मंगलबार आफू निकट पत्रकारहरुको भेलालाई सम्बोधन गर्दै नेता नेपालले भने आफुले प्रधानमन्त्रीमा कस्तो मान्छेलाई प्रस्ताव गरेँको भन्ने लागि रहेको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले नेताहरुलाई जालसाझी गरेर झुक्याउने गरेको नेता नेपालले बताएका छन् । अर्को प्रसंगमा नेपालले आफू ओरिजिनल एमाले भएको बताए ।
ओरिजिनल एमाले म माधव नेपाल हो, केपी ओली होइन’, उनले भने, ‘मैले १५ वर्ष पार्टी चलाएको हो । मुल लिडरसिप बोकेको हो । पछि आएका केपी ओलीले आफ्नो स्वार्थ लागि पार्टी भत्काउने काम गरेका हुन् । त्यसकारण मुल एमाले म हुँ ।’
प्रचण्डसँग ४० वर्षदेखि संगत भएको बताउँदै उनले दुई जनाको सहकार्य लामो समयसम्म जाने समेत बताए ।











