२ पुष २०८२, बुधबार
,
Latest
कार्बन व्यापारलाई दीर्घकालीन सहायक लाभको रुपमा लिनुपर्छः विज्ञहरु वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता घरमा ढुङ्गा खस्दा चार जना घाइते कम्बोडियाको सीमा क्षेत्रमा भएको झडपमा १७ जनाको मृत्युः मन्त्रालय जापानिज ‘इन्सेफ्लाइटिस’बाट पाँच महिनामा छ जनाको मृत्यु दिउँसैसम्म हुस्सु–कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै बढ्यो युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ जेन–जीहरुले स्वर परिवर्तन गर्न थालेः मेयर महर्जन नेपाल सरकार र एडीबीबीच सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरणसम्बन्धी ऋण सम्झौता नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप क्रिकेट : कर्णाली र लुम्बिनी प्रदेश विजयी



अ+ अ-

काठमाडौं । कर्णाली प्रदेश र लुम्बिनी प्रदेशले राजधानीमा जारी प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा पहिलो जित निकालेका छन् । कर्णालीले मूलापानी मैदानमा गण्डकी प्रदेशमाथि ५ विकेट जित निकाल्दा लुम्बिनी प्रदेशले प्रदेश–२ लाई ७७ रनले पराजित गर्दा दुबै टोलीले पहिलो जित निकालेका हुन ।

मूलपानीको मैदानमा गण्डकीले दिएको २ सय ५ रनको लक्ष्य कर्णालीले ३६ ओभर ५ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्दा पहिलो सफलता मिलेको हो । कर्णालीको जितमा हिमान्सु शाहीले अविजित रहदै ६८ रनको अर्धशतकीय इनिङ्स खेल्दा विपिन रावल अर्धसताक बनाउन एक रनले चुके । राज शाहले ३२ रनको योगदान गर्दा हेमन्त ओली २९ रनमा विपिन खत्रीको बलमा समिर कंडेलबाट क्याच भए । बलिङ तर्फ गण्डकीका विपिन खत्रीले ४ विकेट आफ्नो नाामा लेखाउँदा सुबास भण्डारीले १ विकेट हात पारे ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले ४२.३ ओभरमा सबै विकेट गुमाएर  २ सय ४ रन बनाएको थियो । गण्डकीका लागि राहुल उपाध्यायले ५३ रनको अर्धशतकीय इनिङ्स खेल्दा ओपनर अर्जुन कुमालले ४६ रन, कप्तान विपिन खत्रीले ३२ रन बनाए । विशाल पौडेलले १५ रन जोडे भने दिनेश बुढामगर १० रन बटुल्दै गर्दा रन आउट भए । यस बाहेकका खेलाडीले दोहोरो अंकको स्कोर गर्न सकेनन् ।  बलिङ तर्फ कर्णालीका दिनेश अधिकारीले ३ विकेट लिए । अनुज चुनरा र दिवन पुनले समान २/२ विकेट निकाल्दा एक विकेट रबीन्द्र शाहीको नाममा रह्यो ।

जितसंगै कर्णालीले २ खेलमा २ अंक जोडेको छ । कर्णाली समूहको तेस्रो स्थानमा रहेको छ । समूह ‘ए’ मा रहेको कर्णाली पहिलो खेलमा आर्मी ८० रनले पराजित भएको थियो । उता तीन खेल खेलेको गण्डकीको यो दोस्रो हार हो । गण्डकीले ३ खेलमा २ अंक जोडेको छ । गण्डकी तालिकाको चौंथो स्थानमा रहेको छ ।

२ सय ५८ रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको प्रदेश–२ ले ४२.२ ओभरमा समेटिँदा मात्र १ सय ८० रन  जोड्न सक्यो । अन्तिम विकेटका लागि विवेक यादवले बिस्फोटक ब्याटिङ गर्दै अर्थसकीय इनिङ खेले पनि प्रदेश–२ का लागि पर्याप्त भएन । ४९ बलमा ५१ रन जोडेका विवेकले ३ चौका र ३ छक्का प्रहार गरेका थिए । यस अघि ओपनरद्वय सुधिर चौधरी र हरिशंकर शाहले राम्रो सुरुआत गरे पनि मध्यक्रमका ब्याट्सम्यान चल्न नसक्दा नतिजा सुम्पिएको हो । सुधिरले ४२ रन जोड्दा हरिशंकरले २२ तथा मेहबुब अलामले ३१ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले सम्झन लायक स्कोर बटुल्न सकेनन् ।
प्रदेश–२ लाई सस्तैमा समेट्ने क्रममा लुम्बिनीका अनिल खरेलले सर्वाधिक ४ विकेट हात पार्दा बिक्रम भुसाल र दिपेन्द्र राउतले दुई÷दुई तथा अमित तामाङ र कृष्ण कार्कीले एक÷एक विकेट आफ्नो नाममा लेखाए ।

यस अघि कीर्तिपुरस्थित त्रिवि मैदानमा पहिले ब्याटिङ गरेको लुम्बिनीले पुरै ५० ओभर खेलेर  ९ विकेटको क्षतिमा २ सय ५७ रन बनाएको थियो । लुम्बिनीका लागि सन्दीप रजालीले र सौरभ खनालले अर्धशतकीय इनिङ्स खेले । सन्दीपले ८३ रनको योगदान गर्दा सौरभले ५६ रनको व्यत्तिगत स्कोर बनाए । यस्तै बिक्रम भुसालले ३६ रन बनाए । सन्दीप सुनार ११ रनमा आउट हुँदा कप्तान कृष्ण कार्कीले १० रन जोडे । बलिङ तर्फ प्रदेश–२ का हरिशंकर साहले ३ विकेट लिए भने  त्यस्तै दिब्यान्सु मल्लिकले २ विकेट हात पारे भने अन्य तीन बलरको नाममा एक एक विकेट रह्यो । पहिलो जित निकाले  लुम्बिनी समूह ‘बी’ तालिकाको दोस्रो स्थानमा पुगेको छ । पराजित प्रदेश २ तालिकामा अंक विहिन छ ।

प्रतियोगितामा बुधबार त्रिवि मैदानमा विभागीय टोली नेपाल पुलिस क्लब र सुदूर पश्चिम प्रदेश तथा मूलपानी क्रिकेट मैदानमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्बल र प्रदेश–१ बीच प्रतिस्पर्धा हुनेछ ।