२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar अमेरिकाका लागि प्रश्तावित राजदुत थापाको प्रतिवद्धताः ‘नेपालको राष्ट्रिय हित नै सर्वोपरि, कन्सुलर सेवालाई चुस्त बनाउनेछु’ News Polar एमालेमाथि घेराबन्दी कायमै रहेको ओलीको दाबी, एकजुट भएर प्रतिवाद गर्न निर्देशन News Polar मानसिक स्वास्थ्यसम्बन्धी ऐन निर्माणको तयारीमा सरकार News Polar जलवायु जोखिम न्यूनीकरणका लागि वातावरणमैत्री पूर्वाधार निर्माणमा जोड : विद्यादेवी भण्डारी News Polar चीनसँगका नाका पूर्ण क्षमतामा सञ्चालन गर्ने राजदूत शर्माको प्रतिबद्धता News Polar कांग्रेसलाई गुटरहित बनाउन विजेता र पराजित सबैलाई सँगै लैजानुपर्छ : खड्गी News Polar अमेरिकाका लागि प्रश्तावित राजदुतलाई सांसदहरूको प्रश्नः सैन्य सहयोगदेखि डायस्पोराको समस्यासम्ममा स्पष्ट योजना के छ ? News Polar उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद News Polar न्यूनतम समर्थन मूल्यमा ६७ करोड ५० लाख रुपैयाँको धान खरिद गरिने News Polar ट्रक दुर्घटनामा चालकको मृत्यु News Polar बेलुका ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने News Polar विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमै समेट्नुपर्नेमा जोड News Polar कांग्रेस केन्द्रीय सदस्यको मतगणना भोलि बिहानदेखि News Polar कार्यालय सहयोगीलाई जीवनरक्षा तालिम सुरु News Polar भारतका प्रस्तावित राजदूत पाण्डेलाई नेपाल–भारत आर्थिक सम्बन्धका क्षेत्रमा प्राथमिकताका साथ काम गर्न पुनको सुझाव News Polar आत्महत्या जोखिम मूल्याङ्कन तथा व्यवस्थापनसम्बन्धी राष्ट्रिय निर्देशिका सार्वजनिक News Polar कांग्रेस सहमहामन्त्री खुलामा २३९० मत गन्दा रामहरि र अजयबाबुको अग्रता कायमै News Polar ‘दक्षिण एशिया उपनिवेश हुँदा पनि नेपाल स्वतन्त्र थियो, हाम्रो कुटनीति असफल छैन’- प्रश्तावित राजदुत पाण्डे News Polar राजस्व प्रशासनका ८५ उपसचिवको सरुवा, अर्थदेखि भन्सारसम्म व्यापक हेरफेर News Polar स्वास्थ्य बीमा बोर्डमा तीन सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ

वीरगञ्ज नाका हुने आयातमा ११ प्रतिशतले कमी

वीरगञ्ज नाका हुने आयातमा ११ प्रतिशतले कमी
अ अ+ अ-

पर्सा । वीरगञ्ज नाका प्रयोग गरी नेपालका लागि हुने आयातमा कमी आएको छ भने नेपाली वस्तुको निर्यातमा वृद्धि भएको छ । देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जलाई प्रयोग गरी नेपालका लागि हुने मालवस्तुको आयातमा ११ प्रतिशतले कमी आएको छ भने भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा छ प्रतिशतले वृद्धि भएको छ ।

आर्थिक वर्ष २०७६/७७ को साउनदेखि पुससम्मको छ महिनामा वीरगञ्ज नाका प्रयोग गरी रु दुई खर्ब ३८ अर्ब ८५ करोडभन्दा बढी मूल्यको विभिन्न माल वस्तु आयात भएको तुलनामा चालु आवको सोही अवधिमा रु २८ अर्ब ४७ करोड कम अर्थात् रु दुई खर्ब तीन अर्बभन्दा बढी मूल्यको विभिन्न माल वस्तु आयात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

त्यस्तै आव २०७६/७७ को साउनदेखि पुससम्मको छ महिनामा वीरगञ्ज नाका प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ भएको निर्यातको तुलनामा चालु आवको सोही अवधिमा रु एक अर्ब १२ करोडभन्दा बढी मूल्यको नेपाली वस्तु निर्यात भएको छ । गत आवको पहिलो छ महिनामा वीरगञ्ज नाका प्रयोग गरी रु १८ अर्ब ४१ करोड ५१ लाख मूल्य बराबरको विभिन्न वस्तु निकासी भएको तुलनामा चालु आवको सोही अवधिमा रु १९ अर्ब ५३ करोड ९० लाख मूल्य बराबरको माल वस्तु निकासी भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

वीरगञ्ज नाका प्रयोग गरी सवारी साधन, इन्धन तथा औद्योगिक कच्चा पदार्थको आयातमा कमी आएकोे वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिनुभयो  । उहाँले कोरोना सङ्क्रमण फैलिनबाट रोक्न नेपाल सरकारले गरेको बन्दाबन्दीका बेला देशभरिकै उद्योग व्यापार पुण रुपले बन्द रहेको र यसको प्रत्यक्ष असर व्यक्तिको आयमा परेकाले नेपाली बजारमा वस्तुको माग घट्दै गएपछि आयातमा पनि कमी देखिएको बताउनु भयो  । 

भारत सरकारले भटमास तेलको आयातमा लगाएको प्रतिबन्ध हटाएपछि यसको सकारात्मक प्रभाव नेपाली निर्यातमा देखिएको सूचना अधिकारी गुप्ताको भनाइ रहेको छ । उहाँले नेपालबाट भारततर्फ हुने भटमास तेलको निर्यातमा लगाएको प्रतिबन्ध भारत सरकारले हटाएपछि गत आवको पहिलो छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा निर्यात ३०० प्रतिशतले वृद्धि भएको बताउनु भयो । 

गत आवको पहिलो छ महिनामा रु दुई अर्ब ८७ करोड ३५ लाख मूल्य बराबरकोे दुई करोड २३ लाख ४७ हजार लिटर तेल निर्यात भएको तुलनामा चालु आवको सोही अवधिमा रु ११ अर्ब ५५ करोड ८१ लाख मूल्यको दुई करोड ८७ लाख ३५ हजार लिटरभन्दा बढी भटमासको तेल निर्यात भएको भन्सारले जनाएको छ । रासस