९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

यूवा जनशक्ति र दुई विशाल अर्थतन्त्र बीचको नेपालको अवस्थितिनै समृद्धिको आधार–अध्यक्ष गोल्छा

यूवा जनशक्ति र दुई विशाल अर्थतन्त्र बीचको नेपालको अवस्थितिनै समृद्धिको आधार–अध्यक्ष गोल्छा
अ अ+ अ-

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य रंजितराज आचार्यको सभापतित्वमा गठित स्टार्ट अप एण्ड इनोभेशन समिति (Start up and Innovation Committee) ले पूर्णता पाएको छ । जस अनुसार समितिको सहसभापतिमा सिद्धान्तराज पाण्डे र सुमन शाक्य र सदस्यहरूमा प्रकाश देव पालिखे,निरज खनाल, दिपेन्द्र चौलागाई, मौसमी श्रेष्ठ, सुमना श्रेष्ठ र स्वर्णा ताम्राकार हुनुहुन्छ । साथै समितिको आमन्त्रित सदस्यमा तेञ्जिङ्ग सोनर गोम्सर र कविराज जोशी हुनुहुन्छ । 

त्यसैगरि समितिको सल्लाहकारमा महासंघका पूर्व कार्यकारिणी समिति सदस्यद्वय ओम राजभण्डारी र शौरभ ज्योति र अनिल चित्रकार हुनुहुन्छ । महासंघको सचिवालयमा आयोजित एक कार्यक्रमका बीच महासंघका अध्यक्ष शेखर गोल्छाले समितिमा चुनिनु भएका सदस्यहरुलाई औपचारिक पत्र हस्तान्तरण गर्नुभयो ।
 
कार्यक्रमलाई संवोधन गर्नुहुंदै महासंघका अध्यक्ष गोल्छाले नेपालको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा साना तथा मझौला उद्यम व्यवसायनै भएकाले यो क्षेत्रलाई कसरी माथि उठाउन सकिन्छ र कामका लागि वाहिरने यूवा शक्तिलाई पर्याप्त रोजगारी सृजना गरी मुलुकभित्रै राख्न सकिन्छ भन्नेतर्फ महासंघको विशेष जोड रहेको स्पष्ट पार्नुभयो ।

यूवा जनशक्तिको वाहुल्यता रहेको, जैविक विविधताले भरिपूर्ण र दुई विशाल अर्थतन्त्र भएका छिमेकी देशको बीचमा हाम्रो अवस्थितिनै हाम्रो समृद्धिको बलियो आधार भएकाले हामीसँग भएको अथाह सम्भाव्यताबाट वास्तविकरूपमै फाइदा उठाउनु पर्नेमा अध्यक्षको जोड थियो । यसका लागि स्टार्ट अपमा आफूलाई स्थापित गरेका सफल उद्यमीहरूको सहयोग र सहकार्य महासंघले खोजेको बताउनु भयो ।

महासंघका उपाध्यक्ष अंजन श्रेष्ठले कोभिडका कारण अर्थतन्त्रमा निकै धेरै चुनौतीहरू थपिएकाले मुलुकभित्र रोजगारी सृजना, कामका लागि वाहिरनु पर्ने बाध्यताको अन्त्य, पढे लेखेको यूवा वर्गलाई स्वदेशमै आकर्षित गर्नेतर्फ हामी सबैको जोड हुनुपर्ने भन्दै महासंघले आफ्ना सवै समिति फोरमको परिचालन मार्फत मुलुकभित्र उद्योग व्यवसायको विस्तार, रोजगारी सृजनामा कार्य गर्ने बताउनु भयो । समितिका सभापति आचार्यको अध्यक्षतामा बसेको समितिको पहिलो बैठकले देहायको निर्णयहरू समेत गरेको छ । 

निर्णयहरूः

  • नेपालमा स्टार्टअप शुरु गरेका उद्यमी व्यवसायीहरूका वास्तविक समस्या तथा चुनौतीहरूका विषयमा छलफल गरी सरकारका तर्फबाट गर्नुपर्ने सहयोगका विषयमा सुझाव पेश गर्ने ।
  • नविन सोचमा आधारित रहेर उद्यम गर्न चाहने ५० वटा स्टार्ट अपहरूको व्यवसायिक सफलताका लागि शुरूवाती पूंजी(लगानी) जुटाई दिने । शुरूवाती प“ूजी स्टार्टअप समिति अन्तरगत रहेको इन्भेष्टर फोरम मार्फत जुटाइने छ । 
  • श्री कविराज जोशीको संयोजकत्वमा Events Management उप‑समिति गठन गर्ने ।
  • प्रत्येक महिनाको पहिलो शुक्रवार First Friday Talk आयोजना गर्ने ।
  • महासंघको विद्यमान नेटवर्क मार्फत Start up का विषयमा देशैभर सचेतनामुलक कार्यक्रम लैजाने ।
  • समितिका भावी कार्यक्रम तथा योजनाका विषयलाई छिट्टै पत्रकार सम्मेलनमार्फत जानकारी गराउने ।