१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानवअधिकार आयोगको अध्यक्ष हुँ भनी ठगी गर्ने पक्राउ



अ+ अ-

काठमाडौ । आफूलाई राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्ष हुँ भनेर अमेरिका पठाइदिन्छु भनी निजको ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

निज व्यक्तिले मानवअधिकार आयोगको अध्यक्षको परिचय पत्र समेत बनाएर ठगी गर्ने गरेको प्रमाणसहित प्रहरीले उनलाई पक्राउ गरेको हो । आफू आयोगको अध्यक्ष भएको आफ्नो नाम सहितको परिचय पत्र समेत देखाई ठगी गर्ने संखुवासभा जिल्लाको पाँचखपन गाउँपालिका वडा नं ५ का वर्ष ६० का तुलसी थापालाई हिजो काठमाडौँको दरबारमार्गबाट पक्राउ गरी ठगी सम्बन्धि कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौँ  पठाइएको प्रहरीले जनाएको छ ।  

हाल चाबहिलमा बस्दै आएका तुलसी थापा नामका ती व्यक्तिले अमेरिकामा हुने कार्यक्रममा जान ५ वर्षको मल्टिपल भिसा लगाई अमेरिका लैजान्छु भनी विश्वास दिएर १५ लाख रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।