२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत गौरवशमशेर जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता News Polar पूर्वसांसद डा. विजय पौडेलको निधन News Polar कांग्रेसको अल्पसङ्ख्यक तथा अपाङ्गता क्लस्टरको मतगणना भोलि बिहान १० बजेदेखि News Polar नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी News Polar कांग्रेसको १५औँ महाधिवेशन : युवा खुलातर्फको मतगणना साँझ ६ बजेदेखि सुरु गर्ने तयारी News Polar अमेरिकाका लागि प्रश्तावित राजदुत थापाको प्रतिवद्धताः ‘नेपालको राष्ट्रिय हित नै सर्वोपरि, कन्सुलर सेवालाई चुस्त बनाउनेछु’ News Polar एमालेमाथि घेराबन्दी कायमै रहेको ओलीको दाबी, एकजुट भएर प्रतिवाद गर्न निर्देशन News Polar मानसिक स्वास्थ्यसम्बन्धी ऐन निर्माणको तयारीमा सरकार News Polar जलवायु जोखिम न्यूनीकरणका लागि वातावरणमैत्री पूर्वाधार निर्माणमा जोड : विद्यादेवी भण्डारी News Polar चीनसँगका नाका पूर्ण क्षमतामा सञ्चालन गर्ने राजदूत शर्माको प्रतिबद्धता News Polar कांग्रेसलाई गुटरहित बनाउन विजेता र पराजित सबैलाई सँगै लैजानुपर्छ : खड्गी News Polar अमेरिकाका लागि प्रश्तावित राजदुतलाई सांसदहरूको प्रश्नः सैन्य सहयोगदेखि डायस्पोराको समस्यासम्ममा स्पष्ट योजना के छ ? News Polar उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद News Polar न्यूनतम समर्थन मूल्यमा ६७ करोड ५० लाख रुपैयाँको धान खरिद गरिने News Polar ट्रक दुर्घटनामा चालकको मृत्यु News Polar बेलुका ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने News Polar विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमै समेट्नुपर्नेमा जोड News Polar कांग्रेस केन्द्रीय सदस्यको मतगणना भोलि बिहानदेखि News Polar कार्यालय सहयोगीलाई जीवनरक्षा तालिम सुरु

संवैधानिक इजलासमा बहस जारी

संवैधानिक इजलासमा बहस जारी
अ अ+ अ-

काठमाडौँ। प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमा बहस गर्ने कानुन व्यवसायीको सङ्ख्या बढेपछि संवैधानिक इजलासले कानुन व्यवसायीलाई बहसका लागि समय तोकेको छ ।
बुधबार बहसको प्रारम्भमै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बाँकी सुनुवाइका लागि समय निर्धारण हुने जानकारी पक्षहरूलाई गराउनुभयो । साथै उहाँले बहस प्रारम्भ गर्न लाग्नुभएका वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीलाई ३० मिनेटमा बहस सक्न आग्रह गर्नुभयो । मङ्गलबार अन्त्यतिर बहस सुरु गर्नुभएका ज्ञवालीले इजलाससँग एक घण्टाको समय माग गर्नुभयो । मागअनुसार नै उहाँले बहस गर्नुभयो ।

इजलास प्रारम्भ गर्दै जबराले निवेदक पक्षको बहस, विपक्षीको बहस र निवेदकको जवाफको समयसमेतलाई ध्यानमा राखेर बुधबारदेखि समय निर्धारण गरेको जानकारी गराउनुभएको हो । “आजबाट हामीले समय निर्धारण गरेका छौँ । विपक्षीले पनि समय पाउनु प¥यो । अन्य निवेदक पनि हुनुहुन्छ । निवेदकले पछि जवाफको पनि समय माग गर्नुहुन्छ । अब समय निर्धारण हुन्छ”, उहाँले भन्नुभयो । त्यसैगरी इजलासले बुधबारदेखि नै मुद्दामा वकालतनामा बुझ्ने प्रक्रिया पनि बन्द गरेको छ । अब यसअघि नाम लेखाएका बाहेकका कानुन व्यवसायीले विघटनसँग सम्बन्धित रिटमा बहस गर्न नाम टिपाउन पाउने छैनन् ।

बुधबार निवेदक सन्तोष भण्डारीकै तर्फबाट कानुन व्यवसायीले बहस गरेका छन् । अन्त्यमा निवेदक कञ्चनकृष्ण न्यौपानेले आफ्नोतर्फबाट बहस गर्नुभयो ।
संवैधानिक इजलासले मुद्दामा तीन सयभन्दा बढी कानुन व्यवसायीको वकालतनामा परिसकेको जनाएको छ तर मुद्दा महाशाखाले भने अन्तिम सूची तयार भइनसकेको जनाएको छ । महाशाखाको आइतबारको तथ्याङ्कअनुसार १८८ जनाको वकालतनामा छ । उक्त सङ्ख्या बढेको जानकारी भए पनि बिहीबार मात्र यकिन सङ्ख्या जानकारी हुने महाशाखा प्रमुख बाबुराम दाहालले जनाउनुभयो ।

दाहालले भन्नुभयो, “इजलास उठेपछि हामीले फाइल पाएका छौँ तर अन्तिम सूची तयार भइसकेको छैन । बिहीबार बिहान इजलासमा फाइल पेस गर्ने समयसम्म हामी अन्तिम सूची तयार पार्छौं ।”
यसअघिको सूचीमा सबै निवेदकका पक्षबाट सयभन्दा बढी कानुन व्यवसायी छन्स जसमा निवेदक सन्तोष भण्डारी र देवप्रसाद गुरुङसमेतका तर्फबाट सबभन्दा बढी छन् । नेकपाका तर्फबाट आधिकारिक रूपमा दर्ता भएको गुरुङको रिटमा ५० भन्दा बढी कानुन व्यवसायीको वकालतनामा छ । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट बहस गर्ने कानुन व्यवसायीको सङ्ख्या बढ्दै छ । आइतबारसम्म ३८ जनाको वकालतनामा छ । सरकारी वकिलका तर्फबाट महान्यायाधिवक्ता अग्निप्रसाद खरेलसहित १० जनाले बहस गर्ने तय भएको छ । अन्य निवेदकका तर्फबाट बहस गर्ने सङ्ख्या भने ठूलो छैन । ‘हामी प्रभावित हुँदैनौँ’

बहसका क्रममा निवेदक न्यौपानेले प्रधानमन्त्रीले अदालतको क्षेत्राधिकारविपरीत अभिव्यक्ति दिएको बताउनुभयो । अदालतलाई प्रभावित पार्ने काम प्रधानमन्त्रीले गर्नुभएको न्यौपानेको जिकिर थियो । “केही भन्नु छ भने बहसमा जवाफ प्रत्युत्तर ल्याउन सक्नुहुन्छ तर बाहिर अभिव्यक्ति दिइरहनुभएको छ । यसले जनतामा आशङ्का पैदा भएको छ । प्रधानमन्त्री कार्यपालिका प्रमुखले यसरी प्रस्तुत हुन मिल्दैन । अदालतको क्षेत्राधिकारमा हस्तक्षेप गर्नुभएको छ ।” न्यायाधीश अनिलकुमार सिन्हाले भने यस्ता विषयबाट प्रभावित नहुने भन्दै न्यौपानेको भनाइको प्रतिवाद गर्दै भन्नुभयो, “तपाईं यस्ता कुराले प्रभावित हुनुहुन्छ रु तपाईं हुनुहुन्न भने हामी पनि हुँदैनौँ ।”

यस्तै बहसका क्रममा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले जनताको वारेसका रूपमा प्रधानमन्त्रीले पाएको अधिकार दुरुपयोग गरेको जिकिर गर्नुभयो । उहाँले पार्टीको आन्तरिक विवादमा प्रतिनिधि सभा विघटन गरिएको बताउनुभयो । उहाँले संसद्लाई विश्वासमा लिएर मात्र प्रधानमन्त्रीले काम गर्नुपर्ने तर्क गर्नुभयो । वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले धारा ७६ राजनीतिक प्रश्न नभएकाले प्रधानमन्त्रीले संसद् विघटन गर्नु बदनियत भएको जिकिर गर्नुभयो । बहुमतप्राप्त प्रधानमन्त्रीलाई ‘अर्ली’ चुनावमा जाने अधिकार संविधानले नदिएको जिकिर पनि गर्दै उहाँले संविधान सभाको स्पिरिट पनि सरकार गठनको विकल्प रहेसम्म विघटन हुन नसक्ने रहेको तर्क पेस गर्नुभयो । धारा ७६ ९५० अनुसार नियुक्त प्रधानमन्त्रीले विश्वासको मत नपाएको अवस्थामा मात्र विघटनको सिफारिस गर्नसक्ने ज्ञवालीको भनाइ छ ।

कानुन व्यवसायीको बहसमा बुधबार पनि प्रधानन्यायाधीश जबरासहितका न्यायाधीशहरूले धारा ७६ मै केन्द्रित रहेर प्रश्न गर्नुभएको थियो । न्यायाधीशहरूले बहुमत प्राप्त गर्न नसकेको अवस्थामा कतिवटा सरकार गठनको अवस्था सिर्जना हुनसक्छ भन्ने प्रश्न पनि ज्ञवालीलाई गर्नुभएको थियो । ज्ञवालीले बहसका क्रममा संसद् पुनस्र्थापना भएमा राष्ट्रपति र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न उठ्ने बताउनुभयो । पुनस्र्थापना भएमा प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने पनि उहाँको तर्क छ । बुधबार निवेदकका पक्षबाट अनिता मानन्धर, झल विकलगायतका कानुन व्यवसायीले पनि बहस गर्नुभएको थियो ।

प्रधानन्यायाधीश जबराको नेतृत्वमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा बिहीबार पनि बहस निरन्तर रहनेछ । गोरखापत्र दैनिक