४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

आउँदो २०८४ साल सम्म एकीकृत समाजवादी र कलम चिन्ह रहन्छ कि रहदैन थाहा छैन: पूर्वमन्त्री आले

आउँदो २०८४ साल सम्म एकीकृत समाजवादी र कलम चिन्ह रहन्छ कि रहदैन थाहा छैन: पूर्वमन्त्री आले
अ+ अ-

डोटी । नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्वमन्त्री प्रेमबहादुर आलेले आउँदो २०८४ साल सम्म एकीकृत समाजवादी पार्टी एवं कलम चिन्ह रहने कि नरहने अन्यौल भएको बताएका छन् ।

आज डोटीको जोरायल गाउँपालिका–२ मा रहेको कफलकट्टेस्वर आधारभुत बिद्यालयको ६० औँ स्वर्ण महोत्सवलाई सम्बोधन गर्दै उनले आफुले २०५४ सालबाट वडासदस्य, जिबिस सदस्यदेखि सांसद सम्मको निर्वाचनमा पाँच पटक सूर्य चिन्हबाट चुनाव लडेको एवं छटौँ पटक कलमबाट चुनाव लडेको जानकारी दिँदै अबको २०८४ सालमा कलम चिन्ह र नेकपा (एकीकृत समाजवादी) पार्टी रहन्छ की रहदैन भन्ने अन्यौल भएको बताए ।

उनले भने, “पाँच पटक मैले सूर्य चिन्ह लिएर चुनाव लडे, यो पटक कलम चिन्ह लिएर चुनाव लडे जिते, अब कमल चिन्ह रहन्छकी रहदैन मलाई थाहा छैन् ।” यसैगरी उनले कमल चिन्हमा आफ्नो अमुल्य मतदान गर्ने तथा डोटेली जनताको सुख, दु:खमा साथ दिने र डोटीको समग्र विकासका लागि आफु कहिले पनि पछि नपर्ने बताए । पछिल्लो समय पार्टी भित्रका केही नेताहरुका कारण समाजवादी पार्टी रहने या नरहने भन्ने अन्योल भएको उनको भनाई छ ।

समग्र डोटी जिल्लाको विकास नै आफ्नो योजना र लक्ष भएकाले डोटीका जनताले घरैमा सेवा सुबिधा पाउने गरी आफुलेविकास गर्दै आएको र भविष्यमा पनि थुप्रै विकासका काम गर्ने बताए । उनले भने, “चुनावको समयमा मात्रै हामी आफ्ना आफ्ना पार्टीका झण्डा बोकेर हिन्ने हो, अन्य समय हामी डोटीबासी भएको र डोटी र डोटेली जनताको विकासका लागि राजनितीमा होमिएकाले सबै राजनितिक दलका साथीहरुले एकजुट भएर यहाँको विकासका लागि अग्रसर हुनु पर्छ ।”

सो कार्यक्रमका प्रमुख अतिथी समेत रहेका पूर्वमन्त्री एवं सांसद आलेले उक्त कफलकट्टेस्वर आधारभुत बिद्यालयको स्तरोन्नती एवं कक्षा १० सम्म सञ्चालन गर्नका लागि आफ्ना स्वर्गिय बुवा टेकबहादुर आले तथा आमा गंगादेबी आलेको स्मृतीमा एक लाख ५७ हजार ७५१ रुपैयाँको अक्षयकोष समेत स्थापना गरेका छन् ।

जोरायलको गोल्डेनदेखि खारतोली, बगस्ति हुँदै निरौली खसरे एवं घोरडीदेखि मल्लो बडाखेत, तल्लो बडाखेत, बगस्ति हुँदै निरौली खसरे जोड्ने सडकमा १२ करोड बजेट यो वर्ष विनियोजन भइरहेको जानकारी समेत दिए ।

जोरायल गाउँपालिका–२ बुडरमा रहेको रामपुर माबी एवं कफलकट्टेस्वर आधारभुत बिद्यालयको थप विकास, स्तरोन्नतीदेखि खेलकुद मैदान निर्माणका लागि आफुले बजेट विनियोजन गराउन पहल गर्ने समेत उनले आश्वासन दिएका छन् ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेता आलेले खुटियाँ, विपिनगर, दिपायल, सायलदेखि बझाङ हुँदै उरै ताक्लाकोट जोड्ने सडकका लागि आफुले यो वर्ष बजेट विनियोजन गराउने समेत बताए । यसैगरी उनले संघीय सरकार, प्रदेश सरकार तथा गाउँपालिकाबाट विकासका लागि विनियोजन भएको बजेटमा सबैले खबरदारी गरी विकासका लागि आएको बजेट सहि सदुपयोग गराउन लाग्नु पर्ने बताए ।

कफलकट्टेस्वर आधारभुत बिद्यालयको ६० औँ स्वर्ण महोत्सवका लागि यहाँ आइपुगेका पूर्वमन्त्री एवं सांसद आलेलाई यहाँका जनताले विभिन्न बाजागाँजा सहित भव्य स्वागत गरेका थिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएको समयमा उनले यहाँको छहरा झर्नाको स्तरोन्नती तथा विकासका लागि ८ करोड बजेट विनियोजन गरेका थिए ।

उक्त बजेटबाट अहिले के कति काम भएको छ भन्ने विषयमा जानकारी लिन उनले आज स्थलगत अनुगमन समेत गरेका छन् ।आफनो एक छाक खाना काटेर भएपनि कफलकट्टेस्वर आधारभुत बिद्यालयको स्तरोन्नती लगायत अन्य विकासका लागि आर्थिक सहयोग गरेको भन्दै उनले आर्थिक सहयोग गर्ने सबैलाई सांसद आलेले जनप्रतिनिधीका हिसाबले धन्यवाद ज्ञापन गरेका थिए ।