१ असार २०८३, सोमबार
,
Latest
गोकर्णेश्वरवासीलाई केएमसीमा उपचार गर्दा ५० प्रतिशतसम्म छुट कर्मचारी छनोटमा योग्यतासँगै नैतिकता र सदाचारिताको परीक्षण आवश्यकः सभापति ढकाल सडक पेटीको अतिक्रमण तत्काल हटाउन सरकारका नाममा सर्वोच्चको परमादेश काठमाडौँ महानगरकाे नीति तथा कार्यक्रममा आजदेखि छलफल सुरु सुधन गुरुङलाई गृहमन्त्रीमा पुनर्वहाली गर्ने कुरा आपत्तिजनक छः काँग्रेस सचेतक परियार ललितपुर महानगरपालिकाद्वारा ‘ई–चलान’ डिजिटल जरिवाना प्रणालीको शुभारम्भ सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य सरकारले वैज्ञानिकहरुका लागि उचित पारिश्रमिकको व्यवस्था गर्नुपर्दछः एमाले सांसद बराल शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता ‘खुट्टा भाँच्ने’ अभिव्यक्ति हिंसा होइन, सुशासनका लागि कडा सन्देश हो: सांसद शाही
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘त्वा खल ओमबहाःया’ को ‘त्वाः छेँ’ शिलान्यास



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले त्वा खल ओमबहाःया त्वा छेँ को शिलान्यास गर्नुभएको छ । आज विहान वडा २३ ओमबहालमा मेयर शाक्यले शिलान्यास गर्नुभएको हो । भवनको लागत अनुमान १ करोड ३९ रुपैयाँ थियो । खरिद प्रक्रियामा भएको प्रतिस्पर्धामा निर्माण पक्षले ८६ लाख रुपैयाँमा निर्माण कबोल गरेको छ । यही अनुस्प सम्झौता भइसकेको छ । 

३ आना जग्गा निर्माण हुने साढे ४ तलामध्ये पहिलो चरणमा ३ तला बनाइनेछ । गुठीले जग्गा खरिद गरेर प्राप्त गरेको हो । 

भवन शिलान्यास समारोहमा बोल्दै मेयर शाक्यले, मूर्त अमूर्त सम्पदा निर्माण, पुननिर्माण र संरक्षणका लागि माग भएका सबै योजनामा महानगरले आर्थिक दायित्व बोकेको बताउनुभयो । ‘सम्पदा बचाउने काम हाम्रै हो । त्यो दायित्व हामीले निर्वाह गरिरहेका र्छौं । हाम्रा काम बुझ्नु भएको छैन वा चित्त बुझेको छैन भने आउनोस् हामी कुरा बुझाउँर्छाैं । कुरा नबुझी बोलिदिनुभयो भने अन्यथा अर्थ लाग्छ । भ्रम सिर्जना हुन्छ । पहिले रानीपोखरीको सन्दर्भमा यस्तै भएको थियो । अहिले कमलपोखरीको बारेमा पनि यस्तै भइरहेको छ ।’ भित्री सहरी क्षेत्रको पहिचान भनेकै मूर्त अमूर्त र जीवन्त संस्कृति भएको बताउँदै मेयर शाक्यले, सम्पदाको संवेदनशीलता बुझेर प्रतिक्रिया दिन आग्रह गर्नुभयो ।   

त्यस क्रममा बोल्दै वडाध्यक्ष मचाराजा महर्जनले, वडाभित्र माग भएर आएर कुनै पनि योजना नरोकिएको बताउनुभयो । ‘सम्पदा जोगाउन, सहरी सुविधा पुर्याउनु र विपद् प्रतिकार्यका काम गर्नु भित्री वडाका प्राथमिक काम हुन् ।’ वडाध्यक्ष महर्जनले, यस कामको परिणामका लागि वडाले प्रक्रियामा कतै पनि ढिलाइ नगरेको बताउनुभयो । 

कार्यक्रममा राजभाइ ज्यापूले महानगरबाट प्राप्त सहयोगले स्थानीयलाई खुशी दिएको प्रतिक्रिया दिनुभयो ।  

आज सेतो मच्छिन्द्र नाथको महास्नान गर्ने दिन हो । यही पवित्र दिनमा त्वाः छेँ को शिलान्यास गरिएको हो ।