८ पुष २०८२, मंगलवार
,
Latest
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार दिगो पर्यटनको लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ: नेता पौडेल राष्ट्रपतिद्वारा तीन ठूला दलका शीर्ष नेतासँग छलफल आह्वान मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु काठमाडौँको तापक्रम आज यस वर्षकै कम आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट: खेल तालिका सार्वजनिक चौथो एसेज टेस्टका लागि अस्ट्रेलियाको टोली घोषणाः कमिन्स बाहिर, स्मिथ कप्तानमा फर्किए माईतीघरमा जेनजीको नाराबाजीः ‘जेनजीको माग हरायो, निर्वाचन भनि करायो’ –फोटोफिचर एमाले उपमहासचिव भट्टराईद्वारा सचिवालय बैठक बोलाउन माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई दिनदेखि हवाई उडान प्रभावित



अ+ अ-

हुम्ला । हुम्लामा दुई दिनदेखि हवाई उडान अवरुद्ध भएको छ । तराईमा चलेको बाक्लो हुस्सु र सिमकोटमा चलेको हावाहुरीका कारण बुधबारदेखि  हवाई उडान प्रभावित भएको हो  । 

बुधबार बिहानैबाट हुस्सुले नेपालगञ्ज नखुल्नु र सुर्खेतमा हुम्ला उडान भर्ने हवाईजहाज नभएका कारण  हवाई सेवा प्रभावित भएको जनाइएको छ । नेपालगञ्जमा बाक्लो हुस्सु र  सिमकोटमा बिहानदेखि हवाहुरी चलेका कारण दुई दिनदेखि हवाई सेवा प्रभावित भएको नागरिक उड्डयन प्राधिकरण सिमकोटका प्रमुख विष्णुप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

हरेक बिहान साढे ६ बजेदेखि ७ बजेभित्र सिमकोट विमानस्थलमा हवाईजहाजले अवतरण गर्ने भए पनि तराईमा चलेका शीतलहर र हुम्लामा चलेको हावाहुरीकै कारण कुनै जहाजले सिमकोटमा उडान नभरेको विमानस्थलले जानकारी दिएको छ ।

नेपालञ्जको मौसम सफा भए पनि सिमकोटमा बिहानै चलेको हावाहुरीले हवाई उडान प्रभावित भएको हो । सुर्खेतमा मौसम सफा भए पनि जहाज नभएका कारण उडान हुन नसकेको हो । नेपालगञ्ज र सुर्खेतबाट सीता, समिट, तारा र नेपाल एयरलाइन्सले हुम्लाका लागि उडान भर्ने गर्छन् ।

उडान नहुँदा नेपालगञ्ज र सुर्खेतबाट आउने यात्रु मर्कामा परेका छन् भने सिमकोटबाट नेपालगञ्ज र सुर्खेत झर्ने यात्रु पनि सिमकोटमै रोकिएका छन् । यसैगरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कम्पनीको ढुवानी अनुदानको खाद्यान्न, दैनिक उपभोग्य सामान, तरकारी र कार्गोको सामान पनि ढुवानी हुनसकेको छैन ।