१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टी र सत्ता कब्जाबाहेक प्रचण्डजीको अर्काे ध्येय थिएन– महासचिव पौडेल



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेकपा महासचिब एवं अर्थमन्त्री विष्णु् पौडेलले पुष्पकमल दाहाल प्रचण्डकको अवैधानिक रुपले पार्टी र सत्ता कब्जा गर्ने बाहेकको अर्काे ध्येय नराखेको बताउनुभएको छ । 

प्रेस संगठन नेपालको  दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै महासचिब पौडेलले भन्नुभयो  प्रचण्डले प्रस्तुत गरेको ओली विरुद्धको आरोप पत्र नै अन्तरबिरोधको प्रमुख कारण रहेको बताउनुभयो । 

उहाँले सो आरोपपत्र आधारहिन, प्रतिसोधपूर्ण र पूर्वाग्रही रहेको र त्यसैले नेकपाको बिभाजनको आधार तयार गर्ने आधार पत्र भएको बताउनुभयो ।  महासचिव पौडेलले कानूनी भाषामा पार्टीमा विभाजन नभएकोले महाधिवेशनमा जान र पार्टीमा सैद्धान्तिक  बहस गर्न आग्रह गर्नुभयो । 

पार्टीभित्र प्रचण्डले अप्ठेरो अवस्थाको सिर्जना गरेकोले आत्मासमर्पण गर्ने वा जनतामा जाने निर्मम निर्णय लिनुपर्ने अवस्था आएको र जसका कारण संसद विघटन गर्नुपरेको बताउनुभयो । उहाँले अदालतको निर्णय हार्दिकताका साथ स्वीकार गर्ने बताउँदै तर पनि संसदको पुनस्थापनाको कुनै पनि सम्भाबना नरहेको धारणा राख्नुभयो ।