९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

प्रेस सङ्गठनको संयोजकमा बस्नेत चयन

प्रेस सङ्गठनको संयोजकमा बस्नेत चयन
अ अ+ अ-

काठमाडौ । प्रेस सङ्गठन नेपालको आज सम्पन्न दोस्रो राष्ट्रिय भेलाले सहसंयोजक गणेश बस्नेतलाई सर्वसम्मतरुपमा संयोजकमा चयन गरेको छ । सङ्गठनका संयोजक महेश्वर दाहाल सङ्गठनका काममा निष्क्रिय रहनुभएको जनाउँदै उहाँलाई जिम्मेवारीबाट बिदा गर्दै बस्नेतलाई संयोजकको जिम्मेवारी प्रदान गर्ने निर्णय भएको हो । 

भेलाले सङ्गठनको केन्द्रीय कमिटी विस्तार र आवश्यकताअनुसार अन्य जिम्मेवारी हेरफेरको अधिकार संयोजक बस्नेतलाई दिने निर्णय पनि गरेको छ । सङ्गठनले विधान संशोधन पारित गर्दै केन्द्रीय कमिटीको सदस्य ३५१ बनाउने निर्णय पनि गरिएको छ । 

भेलाले नयाँ परिस्थितिमा साङ्गठनिक कामलाई केन्द्र, प्रदेश, जिल्ला, प्रतिष्ठान र एसोशियट क्षेत्रमा एकताबद्ध भई सबै तहमा समावेशीताका आधारमा पुनःगठन र पुनःव्यवस्थापनसहित व्यवस्थित र प्रभावकारी बनाउँदै देशव्यापी जागरणको सन्देश प्रवाह गर्ने सङ्कल्प पनि गरेको छ । भेलामा सङ्गठनका पूर्वअध्यक्ष राजेन्द्र अर्यालले उक्त घोषणा गर्नुभएको थियो ।
‘समृद्ध नेपाल निर्माणका लागि पूर्ण प्रेस स्वतन्त्रतासहितको सबल श्रमजीवी पत्रकार ः स्थिरता, विकास र राष्ट्रिय स्वाधीनताको रक्षा ः प्रेस सङ्गठन नेपालको आधार’ भन्ने नाराका साथ भएको भेलाले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट २०७७ पुस ५ गते प्रतिनिधिसभाको  विघटन भई ताजा निर्वाचनको लागि २०७८ वैशाख १७ र २७ गतेको मितिसमेत घोषणा हुनुलाई बाध्यात्मक र सही ठहर गर्दै स्वागत गरेको छ । यस विषयमा सर्वोच्च अदालतबाट हुने फैसलाका आधारमा मुलुकको स्थिरता र समृद्धिलाई केन्द्रबिन्दुमा राखेर अघि बढ्नु नै अपरिहार्य आवश्यकता रहेको भेलाले ठहर गरेको छ । 

“गत निर्वाचनमा वाम गठबन्धन र साझा चुनावी घोषणापत्रका आधारमा जनताले गरेको विश्वास र पार्टी एकताको अवसरको सदुपयोग गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षाबमोजिम राष्ट्र, राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, भौगोलिक अखण्डता, विकास र सुशासनका क्षेत्रमा तीव्रताका साथ काम हुनुपर्नेमा नेकपाको नेतृत्व तहमा उत्पन्न अन्तरविरोध र कलहले जनस्तरमा निराशा र चिन्ता उत्पन्न गराएको छ ।” 

भेलाबाट पारित प्रस्तावमा भनिएको छ, “यो भेला जनताका ती चाहनालाई सम्मान गर्दै आपसी गालीगलौज, अभद्र विरोध र कटुता प्रदर्शन नगरी एकता र प्रगतिशील रुपान्तरणका पक्षमा दृढताका साथ अघि बढ्न सम्बन्धित सबैमा अपिल गर्दछ ।” भेलाले श्रमजीवी पत्रकारको तोकिएको पारिश्रमिक र श्रमजीवी पत्रकार ऐन पूर्णरुपमा अझै पनि सबै सञ्चारमाध्यममा कार्यान्वयन नभएका सन्दर्भमा सोको सही कार्यान्वयनका लागि सम्बन्धित पक्षलाई आग्रह पनि गरेको छ । 

यस्तै लोककल्याणकारी विज्ञापन समयमै वितरणका लागि सम्बन्धित निकायसँग आग्रह गरिएको छ ।  कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न र बचाउन पत्रकार आचारसंहिताको पालना गर्दै सञ्चार क्षेत्रबाट अझ प्रभावकारी सन्देश प्रवाह गर्न  भेलाले अपिल गरेको छ । भेलाले नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयनका क्रममा हालै नमूनाका रुपमा सार्वजनिक गरेको ‘नागरिक एप्स’ ले सूचना तथा सञ्चार प्रविधिको उपयोगमार्फत् सुशासन र पारदर्शितामा योगदान दिने भएकाले यसलाई प्रभावकारीरुपमा पूर्ण कार्यान्वयनतर्फ लान सरकारसमक्ष माग गरेको छ ।

यस्तै कोरोना महामारीका कारण प्रभावित सञ्चारकर्मी, साना तथा स्वरोजगारमूलक सञ्चार संस्था र सञ्चारगृहलाई उचित आर्थिक सहुलितपूर्ण राहत कार्यक्रम घोषणा गरी कार्यान्वयन गर्न तथा महामारीको बहानामा श्रमजीवी पत्रकारलाई निस्काशन, तलब सुविधा कटौती गर्ने, बेतलवी बिदा दिने सञ्चारमाध्यममाथि अनुगमन गरी श्रमजीवी पत्रकारको हक हित संरक्षण गर्न गराउन नेपाल सरकारसँग विशेष आग्रह गरिएको छ ।  साथै आम पत्रकारको जीवन बीमा गराउँदै ६० वर्ष उमेर पुगेका, अपाङ्गता भएका र दीर्घरोगी पत्रकारको निर्वाह भत्ता व्यवस्था गर्न पनि माग गरिएको छ । भेलाको उद्घाटन प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको थियो । रासस