४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

संकटमा लगनखेलको सम्पदा र सडक व्यापारीको अतिक्रमण

संकटमा लगनखेलको सम्पदा र सडक व्यापारीको अतिक्रमण
अ+ अ-

‘लः’माने पानी ‘गं’ले सुकेको र ख्यो ले चउर अर्थ लाग्दछ, नेपाल भाषामा । पानी सुकेर बनेको चउर, ‘लगंख्यो’ नै लगनखेल भनिएको हो । अझैपनि लगनखेल चैत्य वरिपरी ,पाटन औद्योगिकक्षेत्र दलदलकै स्थितिमा देखिन्छ ।

भक्तपुरबाट नयाँ ठाउँको खोजी गर्दै आउँदा ठाउँ मनपरेपछि थ्यो थायँ ला ‘यल’भन्दै बसोबास गरेपछि नेपालभाषामा ललितपुर नगरनै यल हुन गएको हो भन्ने गरिन्छ । जुन चैत्यमा प्रत्येक वर्ष हुने रातो मच्छिन्द्रनाथको रथारोहणका बेला नाथको गजुरबाट नरिवल खसालेर छोरा पाउने भाग्य अजमाउने भव्य महोत्सव हुने गर्दछ भने मिसा या को नाउँमा महिलाहरुबाट नाथको रथ तान्ने कर्म यसै लगनखेलबाट हुने परम्परा छ ।

लगनखेलको विशाल फाँटबीच एउटा रातो मच्छिन्द्रनाथकी आमाको मन्दिर र एउटा विशाल पिपलको रुख पनि रहेको छ । यस्तो ऐतिहासिक लगनखेल क्षेत्रलाई केन्द्र बनाएर वरिपरि विशाल आकारको न्हुँ पुखु (रानी पोखरी ) संगै अशोककालिन चैत्य , बटुक भैरबको मन्दिर, ललितपुर नगर स्थापना हँुदा स्थापित अष्टमातृका पिठहरु मध्ये एक महालक्ष्मीस्थानलगायत थुप्रै सम्पदास्थलहरु रहेकाछन् यहाँ ।

विश्वसम्पदास्थल पाटन दरबार क्षेत्रबाट एक कि.मी.कै दुरीमा रहेको लगनखेल सम्पदा क्षेत्र भने फुटफटे सडक व्यापारी, सडक मानवहरु, माग्नेहरुको अष्टव्यस्तताले विकृत बन्दै गईरहेकोले स्थानिय बासिन्दाहरुले विरोध थालेका छन् । लगनखेल बसपार्क समेत सञ्चालनमा रहेको लगनखेल सम्पदा क्षेत्रमा अस्तव्यस्त बन्दै गईरहेको सडक व्यापारीको स्थानीय बासिन्दा तथा ब्यापारीले बिरोध गर्नुको निम्न लिखित सम्पदाको संरक्षण र अतिक्रमण हुनबाट बचाउनु पनि हो

लगं चैत्य अशोकस्तूप 
ई.सं.२५०का चौधौं किराती राजा स्थुड्ढोको राज्यकालमा मगध सम्राट अशोक नेपालआई ललितपुरको चारकुनामा चारवटा र बीचमा एउटासमेत पाँचवटा अशोकचैत्यमध्ये लगंचैत्यपनि एक हो । स्तूप वरिपरि पोखरीको अवशेष देखिन्छ । ई.सं.१८७८मा राजा सुरेन्द्रबाट स्तूप खोपामा राखिए । साउन कृष्णपक्षको औंसी र आश्विन शुक्ल पूर्णिमाको दिन पूजा गरिन्छ ।

बटुक भैरबको गाथा
लगनखेलको लगँ चैत्यकै विपरित दिशामा एक तल्ले पेगौडा छत्रशैलीमा सजिएको बटुक भैरब पाटनस्थित मिननाथको पनि कुलदेवता मानिन्छ । बिहिबार सर्वसाधारणको भिड लाग्ने बटुक भैरबको विशेष पुजा भने आईतबार हुने गर्दछ । ललितपुर नगरमा प्रतिष्ठापित अष्ठभैरबमध्ये एक यस बटुक भैरबलाई शिवको आराधना गर्नुभन्दा अगाडि आह्वान गर्नुपर्ने प्रचलन रहेको छ । बटुक भैरबस्थानमा लास जलाउने पिठ भएको बताईन्छ ।

महालक्ष्मी देवस्थल
लिच्छवीकालीन राजा वरदेवले धर्मचक्र आकृतिमा ललितपुर बसाउँदा चारैतिर पाँच अशोक चैत्य र दशमहाविद्याको पिठ सहितको बनाएका थिए । पाँच चैत्यमा पुचो थुर पुल्चोक, तेता थुर च्यासल, ग्वार्को थुर, नगरको बीचमा पिमबहाल थुर र लगनखेलमा लगँ थुर छ । सोही लगँ थुर र न्हुँ पुखु नजिकै, दशमहाविद्या मध्ये एक महालक्ष्मी मन्दिर देशको रक्षार्थ स्थापित मानिन्छ ।

यी र यस्ता थुप्रै पाईलापिच्छे ओतप्रोत सम्पदाले सम्पन्न लगनखेल क्षेत्रलाई तिर्थस्थलको रुपमा प्रवद्र्धन गर्नुपर्नेमा उल्टै महानगरपालिकाले अस्तव्यस्त हुनेगरी सडक व्यापारीलाई छाडेपछि स्थानीय बासिन्दा र व्यापारीहरुले विरोध थालेका हुन् ।

स्थानिय व्यापारी रोशन श्रेष्ठ भन्नुहुन्छ – ‘नगरको अन्य स्थानमा भन्दा लगनखेलमा मात्र सडक व्यापारी अलपत्र पारिनुको पछाडी चलखेल रहेको दावी गर्न सकिन्छ । काठमाडौंबाट उठाएर पठाएका सडक व्यापारीहरु पनि आएर सडक व्यापार चलाएपछि सम्पदा संरक्षणमा तगारो त परेकै छ तर त्यो भन्दा बढी यातायात र यात्रुहरुलाई आवतजावत गर्न समेत ठूलो समस्या हुने गरेको देख्न सकिन्छ ।’

पसल वहालमा लिएर व्यापार चलाईरहेका ए.वि.सि. सुपर मार्केटका एक व्यापारी भन्छन् – ‘सडक व्यापारीका कारण हाम्रो व्यवस्थित बजार चल्न पनि सकेको छैन, नगरपालिकाले हेर्नुपर्ने कि नपर्ने ? हामीले पसल भाडा, कामदारलाई तलब, नगरपालिकालाई कर, फोहरको पैसा सबै–सबै तिरेर पनि स्तरिय खाद्य तथा उपभोग्य सामग्री बेच्दै आईरहेका छौं तर सडक व्यापारीहरुले यस्ता कुनै नबेहोरे पनि डुव्लीकेट समान बेचिदिँदा हाम्रो बजार चल्न छोडेको छ भने लगनखेलको सम्पदा पनि अतिक्रमणमा पर्दै गईरहेको छ ।’

यस सम्बन्धमा नगरप्रहरी ईन्चार्ज सिताराम हाछेथुले मेयर चिरिबाबु महर्जनबाट नयाँ परियोजना ल्याउन लाग्नुभएको बताउनुभयो । ईन्चार्ज हाछेथुले फुटफटे ब्यापारमा कुनैपनि प्रकारले चलखेल नभएको तर स्थानियलाई बेलुका ५ बजेपछि मात्र राख्न दिइएको बताउनुभयो । मेयरबाट अर्डर पाए आधाघण्टाभित्र उठाई सक्ने पनि आफ्नो बचनबद्धता जनाउनुभयो ।