९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

जंगल युद्धकला तालिममा इतिहास रचेकी महिला सैनिक ‘राधिका थापा’

जंगल युद्धकला तालिममा इतिहास रचेकी महिला सैनिक ‘राधिका थापा’
अ अ+ अ-

काठमाडौं । प्रतिविद्रोह तथा जंगल युद्धकला तालिममा सैनिक जवान राधिका थापाले इतिहास कोरेकी छिन् । कठिन मानिने सो तालिम सम्पन्न गर्ने उनी सेनाभित्र पहिलो महिला सैनिक बन्न सफल भएकी छिन् । ‘प्रतिबिद्रोह तथा जंगल वारफेयर शिक्षालयमा मिति २०७७।०७।१८ गतेबाट माघ ६ गतेसम्म सञ्चालन भएको प्रतिविद्रोह तथा जंगल वारफेयर तालिममा सोही शिक्षालयकी महिला सैनिक जवान व्य।नं। २६३८०७ सिपाही राधिका थापा पहिलो पटक सहभागी भई सफलतापूर्वक सो तालिम सम्पन्न गर्ने पहिलो महिला सैनिक हुन सफल भएकी छन्’, सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

सिन्धुपाल्चोकको मेलम्ची–२ थापाटोल ठेगाना भएकी उनी ०६९ असारमा नेपाली सेनाको सैन्य दर्जामा भर्ना भएकी थिइन् । सैन्य आधार तालिम पश्चात उनी २०७० जेठमा शिक्षालयमा कार्यरत रहेकी थिइन् ।  उनले हाल  सोही शिक्षालयमा सञ्चालन भएको उच्चस्तरको शारिरिक एवं मानसिक क्षमता माग तालिम सफलतापूर्वक सम्पन्न गरेकी हुन् । सेनाले उनले साहस र जिम्मेवारीको एउटा उल्लेखनीय उदाहरण प्रस्तुत गरेको भन्दै प्रशंशा गरेको छ । 

तीन महिनासम्म चल्ने उक्त तालिममा जंगल नेभिगेशन, धराप निर्माण गर्ने तथा सर्पदंश व्यवस्थापन लगायत विभिन्न सैनिक ज्ञान तथा सीपहरु सिकाइन्छ । थापाले यसअघि नै बिल्लादार ग्रेड–३ तथा लाइट मोटर ड्राइभिङ्ग एण्ड मेन्टिनेन्स तालिम समेत सफलताका साथ सम्पन्न गरि सकेकी छन् ।  

सेनाले यसअघि विभिन्न विधामा इतिहास रच्न सफल भएका महिला सैनिकको विववरण समेत सार्वजनिक गरेको छ ।