१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्ड-नेपाल समुहको शक्ति प्रर्दशन, ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुँदा सर्वसाधरणलाई सास्ती



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड–नेपाल समुहले आज आयोजना गरेको शक्ति प्रदर्शन र्यालीबाट सर्वसाधरण तथा यात्रुहरुले सास्ती खेप्नु परेको छ । शक्ति प्रदर्शन र्यालीले काठमाडौंको ट्राफिक व्यवस्थापनलाई नै असर परेको हुनाले यतिबेला जताततै जाम भईरहेको अबस्था छ । मूल सडकमात्र नभई भित्री सडकमा समेत ट्राफिक जाम भएपछि यात्रुहरुले सास्ती पाएका छन् । प्रहरीले माइतीघरबाट सर्वोच्च अदालत हुँदै सिंहदरबारतर्फ जाने सडक बन्द गराएको छ ।

कयौं यात्रुहरु आफ्नो गन्तव्यसम्म पु्रग्नका लागि सार्वजनिक यातायातलाई कुरेर बसेको देखिन्छ तर र्यालीले गर्दा यातायात सबै ठप्प भएको छ । संसद विघटन असंवैधानिक भएको भन्दै आन्दोलनरत प्रचण्ड–नेपाल समूहले आज एक लाख बढी कार्यकर्ता सहित विरोध प्रदर्शन गर्न लागेको हो । आज बिहान ११ बजे काठमाडौं र ललितपुरका बिभिन्न ९ स्थानबाट जुलुस निकालिएको हो ।

माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका लगायतका स्थानबाट जुलुस निस्कने भएको कारण यी क्षेत्रका सबै यातायात सेवा प्रभावित बनेको छ । संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठका अनुसार सो मूल जुलुस रत्नपार्क, बागबजार, पुतलीसडक, प्रदर्शनीमार्ग, भद्रकाली, सहिदगेट, सुन्धारा, भोटाहिटी, पुरानो बसपार्क हुँदै भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुनेछ ।