१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानी राष्ट्रपतिबाट माउन्ट केटु आरोही नेपाली टोलीलाई बधाई



अ+ अ-

काठमाडौं  । पाकिस्तानको सर्वाेच्च शिखर माउन्ट केटु हिमाल आरोहण गर्ने नेपाली आरोहीको टोलीलाई पाकिस्तानी राष्ट्रपति अरिफ अल्भीले  बधाई दिनु भएको छ ।

पाकिस्तानी राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ती अनुसार टोलीलाई राष्ट्रपति अरिफले भेट गरी बधाई दिनु भएको हो । भेटमा राष्ट्रपति अरिफले माउन्ट केटु आरोहणको सफलताले पाकिस्तानको पर्यटनमा  ठुलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

आरोहणको संयोजन गरेको सेभेन समिट ट्रेक्सका अनुसार नेपाली  आरोही टोलीले  गत शनिबार ८,६११ मिटर उचाइको केटु  हिमालको सफल आरोहण गरेके थियो ।

किर्तिमानी आरोही निर्मल पूर्जाले आरोहणका क्रममा पाकिस्तान सरकारबाट प्राप्त सहयोग प्रति आभार ब्यक्त गर्नुभएको थियो ।