२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता News Polar पूर्वसांसद डा. विजय पौडेलको निधन News Polar कांग्रेसको अल्पसङ्ख्यक तथा अपाङ्गता क्लस्टरको मतगणना भोलि बिहान १० बजेदेखि News Polar नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी News Polar कांग्रेसको १५औँ महाधिवेशन : युवा खुलातर्फको मतगणना साँझ ६ बजेदेखि सुरु गर्ने तयारी News Polar अमेरिकाका लागि प्रश्तावित राजदुत थापाको प्रतिवद्धताः ‘नेपालको राष्ट्रिय हित नै सर्वोपरि, कन्सुलर सेवालाई चुस्त बनाउनेछु’

फेरि केपी ओलीसँग झुक्दैनौं : माधवकुमार नेपाल

फेरि केपी ओलीसँग झुक्दैनौं : माधवकुमार नेपाल
अ अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीको भष्मासुर प्रवृतिको अन्त्य गरी प्रतिनिधि सभा पुनस्थापना गरिने बताउनुभएको छ ।

शुक्रबार नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को केन्द्रीय संघर्ष समितिले प्रतिनिधि सभा विघटनको विरुद्दमा आयोजना गरेको विरोध सभामा सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीको भष्मासुर प्रवृतिको अन्त्य गर्दै प्रतिनिधि सभाको पुर्नगठन गरिने बताउनुभएको हो । उहाँले पार्टीले केपी ओली बनाएको भएपनि ओली भष्मासुर बनेको भन्दै भष्मासुरलाई पार्टीले सिध्याउने बताउनुभयो । भष्मासुर प्रवृतिको अन्त्यपछि नयाँ ढंगले अघि बढ्ने उहाँको भनाई छ ।

उहाँले प्रधानमन्त्री ओलीले संविधान, लोकतन्त्र, पार्टी र देशको स्थायित्वमाथि खड्ग प्रहार गरेको बताउनुभयो । अध्यक्ष नेपालले अरु राजनीतिक दलहरुले फेरी केपी ओलीसँग मिल्ने हुन कि भन्ने आशंका गरेको भन्दै केपी ओलीसँग झुक्ने कुनै काम नगर्ने बताउनुभयो । ओलीसँग मिल्छन् भन्ने भ्रम नपाल्न उहाँले आग्रह गर्नुभयो । आफुहरुले मुल्य र विचारको राजनीति गरेपनि ओली कम्युनिष्ट आदर्शमा सर्मपित नभएको र सिद्दान्तनिष्ठ नभएको उहाँको भनाई छ ।

अध्यक्ष नेपालले प्रधानमन्त्री केपी ओली हिटलरको बाटो हिडेको टिप्पणी गर्नुभयो । ओली निर्वाचित व्यक्ति भएपनि संवैधानिक कु गरेको उहाँले बताउनुभयो । नेपाली जनता ओलीको हिटलर प्रवृत्तिसँग नडराउने उहाँको भनाई छ । संविधानले राजनीतिक स्थायित्वको सुनिश्चितता, नियन्त्रण र सन्तुलनको सिद्धान्त राखेपनि ओलीले आफुमा मात्रै शक्ति केन्द्रीत गरेको उहाँले बताउनुभयो । एकाधिकारवादको विरोधमा आफुहरु रहेको उहाँको भनाई छ ।

प्रधानमन्त्री ओलीसँग पार्टी र संसदको बहुमत हिस्सा नरहेपछि नैतिकताको आधारमा राजिनामा दिनुपर्ने भएपनि नरसंहार गरेको अध्यक्ष नेपालको भनाई छ । पार्टीको सम्पूर्ण तह र तप्कामा आफुहरुको अत्याधिक बहुमत भएको र ओलीसँग सानो अरिंगालको झुण्ड र साइबर सेना मात्रै भएको उहाँले बताउनुभयो । अध्यक्ष नेपालले सुर्य चिन्ह निर्वाचन आयोगबाट ल्याउने मान्छे आफु जिउँदै भएकोले सुर्य चिन्ह आफुहरुले नै पाउने दाबी गर्नुभयो ।