७ पुष २०८२, सोमबार
,
Latest
निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता जेन जी समूहको नयाँ मार्गचित्र, चुनाव होइन संविधान संशाेधन पहिले ‘मिसन–२०२६’ अन्तर्गत खेलाडीलाई प्रशिक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रमाणपत्र ग्रहणपछि सुहाङले भने – तपाईँहरुको शीर कहिल्यै पनि झुक्न दिनेछैन



अ+ अ-

काठमाडौं । इलाम–२ को उपनिर्वाचनबाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुहाङ नेम्वाङले हरेक मतदाताको एक–एक मतको सम्मान गर्ने बताउनुभएको छ ।

मंलबार प्रतिनिधि सभा सदस्य निर्वाचित भएको प्रमाणपत्र ग्रहण गरेपछि आयोजित कार्यक्रममा बोल्दै नेम्वाङले नागरिकको हरेक मतको सम्मान गरेर अघि बढ्ने बताउनुभयो । उहाँले आफ्ना पिता सुवासचन्द्र नेम्वाङले देखाएको उज्यालो बाटो समाएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । ‘तपाईँहरूको शीर कहिल्यै पनि झुक्न दिने छैन’, उहाँले भन्नुभयो ।

इलामको विकास गर्न सबैको सल्ला सुझाव लिएर अघि बढ्ने उहाँले बताउनुभयो । ‘यहाँहरूकै सल्लाह, सुझाव लिएर, तपाईँहरुकै भावना अनुसार चल्ने छु’, उहाँले भन्नुभयो ।

कार्यक्रम इलामका जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरे निर्वाचन आयोगले छोटो अवधिमा नै निर्वाचनको काम सम्पन्न गर्न जिम्मेवारी दिएको भए पनि कुनै त्रुटि नहोस् भनेर काम गरेको बताउनुभयो ।

सबैको समन्वयकारी भूमिकाको कारण निर्वाचन सफलतापूर्वक सम्पन्न भएको उहाँले बताउनुभयो । यसको लागि उहाँले सबैलाई धन्यवाद दिनुभयो ।