२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व संकलन नेपालगन्ज भन्सारः दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णालीमा ५ मन्त्री र एक राज्यमन्त्री नियुक्त, प्रदेश प्रमुखले गराए शपथ



अ+ अ-

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रीमण्डल बिस्तार गर्नुभएको छ । मुख्यमन्त्री कँडेलले नेकपा माओवादी केन्द्रका ३ र नेकपा एमालेका २ जनालाई मन्त्री एक जनालाई राज्यमन्त्री नियुक्ति गर्नुभएको छ ।

माओवादीबाट मन्त्री हुनेमा कालिकोटका दुर्गबहादुर रावत, रुकुम पश्चिमका महेन्द्र केसी र डोल्पाका वीरबहादुर शाही रहनु भएको छ । केसीले आर्थिक मामिलामन्त्री, शाहीले सामाजिक विकास र रावतले उद्योग वन तथा पर्यटन मन्त्रालयको जिम्मेववारी पाउनु भएको छ । यस्तै यसअघि बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका रणसिंह परियारले उर्जा मन्त्रालयको जिम्मा पाउनु भएको छ।

मुख्यमन्त्री कँडेलले आफ्नो दल एमालेबाट भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीमा शेरबहादुर बुढा, भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा विनोद कुमार शाहलाई नियुक्त गर्नुभएको छ । सांसद गोमता विकलाई भौतिक राज्यमन्त्रीको जिम्मेबारी दिईएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय मुख्यमन्त्री कँडेल आफैंले राख्नु भएको छ ।

नब नियुक्तमन्त्रीहरुलाई प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।