९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

नेतालाई सोफा, जनतालाई सडक !

नेतालाई सोफा, जनतालाई सडक !
अ अ+ अ-

काठमाडौँ । आज काठमाडौंँमा देखिएको दृश्य हो यो । आज काठमाडौँमा नेकपाको पुष्पकमल दाहाल, प्रचण्ड र माधव नेपाल पक्षीय समूहको आमसभा थियो । उनीहरुले ठाउँ ठाउँबाट बसमै बोकेर मानिसहरु काठमाडौँ ल्याएका थिए । 

उनीहरुले जनता काठमाडौँ ओसारेको तथ्य टेकूदेखि रत्नर्पाकसम्म सडकको देब्रे कर्नरमा पार्किङ गरिएका बसहरुबाट पनि थाहा हुन्थ्यो नै । आज बिहान ११ बजेदेखि काठमाडौं र विशेषगरी रत्नपार्क क्षेत्र वरपर चाहिँ अस्तव्यस्त नै थियो । सिंहदरबार छिर्ने कर्मचारी पनि दश बज्नु अगावै नछिरेका जति अलपत्र परेका थिए । अरु स्कुल, कलेज आदिको त कुरै भएन । 

तर यहाँ उठान गर्न खोजिएको प्रसंग चाहिँ यो होइन । यहाँको प्रसंग सोफाको हो । आज रत्नपार्कलाई केन्द्रबिन्दुमा राखेर भृकुटीमण्डप नजिक पारेर गरिएको आमसभामा नेताहरुले प्रयोग गरेको सोफाको हो । 

सभा सडकै थियो । जनता पनि सडकै थिए । दशौँ हजारका संख्यामा उपस्थित नागरिक सडकमै बसेका थिए । उनीहरुले चिसो भूइँमा बसेरै नेताका कुरा सुनेका थिए । आखिर जनताको बस्ने ठाउँ सडक न हो । अघिपछि त नेताले जनतालाई सडक पुर्याएका छन् भने आन्दोलनका बेलामा झन् कुरै भएन । जनता सडकै हुने हुन् । 

अर्काे एक अमिल्दो दृश्य पनि यही आन्दोलनमा शुक्रबार देखिएको थियो– नेता सोफामा बसेको । त्यसो त नेताको जात सोफामै बस्ने हो । हाम्रोजस्तो गरिब देशमा यो झन् बढी लागू हुन्छ । किनभने हाम्रो देशका नेतालाई कुर्सी अर्थात् सोफा मोह अरुतिर भन्दा बढी नै छ । उनीहरु प्रायः कुर्सी नभई बस्न सक्दैनन् । 

तर शुक्रबार भने उनीहरु सोफामा बसेको सुहाएको थिएन, किनभने जनता सडकको चिसो भूइँमा बसेका थिए । जनता भूइँमा बसेका बेला यता नेता भने त्यही सडकमा बडो आकर्षक सोफा राखेर विराजमान भएका थिए । तस्विरमै यस्तो अमिल्दो देखिन्छ कि सुकिला मुकिला नेताहरु बडो भुँडी पल्टाएर खुट्टा खापेर सोफामा बसेका छन्, तिनैका तलपट्टी जनता भने चिसो भूइँमा टुसुक्क बसेका छन् । 

त्यति नै बेला जनताले भने एक आर्काेलाई कानेखुशी गर्दै भन्दै थिए– हेर त लोकतन्त्र, गणतन्त्रका नेताहरुलाई कत्ति पनि अप्ठेरो नलागेको ? जनता भूइँमा छन् नेता भने यस्तो सडक आन्दोलनमा पनि सोफामा । यीनको सोफा मोह पनि कति हो ?       

यहाँ मेरो पनि आसय नेता पनि भूइँमै बस्नुपर्छ भन्ने चाहिँ होइन । उनीहरु मञ्चमा बस्नुपर्छ, सबैले सुन्नेगरी बोल्नुपर्छ त्यसैले केहीमा त बस्नै पर्ने होला । तर यसरी अमिल्दोगरी सडकमै सोफा लगेर चाहिँ हड्डी नहँसाएको भए पनि हुन्थ्यो भन्ने चाहिँ मेरो चासो हो । बाँकी त मभन्दा बढी तस्वीर आफैं बोल्छ ।