४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

प्रतिस्पर्धीलाई एकै ठाउँमा बोलाएर छलफल गर्ने सुहाङको तयारी

प्रतिस्पर्धीलाई एकै ठाउँमा बोलाएर छलफल गर्ने सुहाङको तयारी
अ+ अ-

काठमाडौं । इलाम प्रतिनिधिसभा क्षेत्र नं. २ बाट २७ हजार ७ सय ७२ मतसहित निर्वाचित भएका सुहाङ नेम्वाङको चर्चा देशभित्र मात्र नभएर बाहिर पनि उत्तिकै भइरहेको छ । ३२ वर्षीय नेम्वाङले इलाममा एमालेको जितको विरासत मात्र जोगाएनन्, एमालेको युवा पुस्ताको नेतृत्व पंक्तिमा आफूलाई उभ्याएका छन् ।

२०४६ साल फागुन ६ गते सुवासचन्द्र नेम्वाङ र विशाल नेम्वाङका कान्छा छोराको रुपमा काठमाडौंमा जन्मिएका सुहाङले कलिलै उमेरमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए ।

ग्यालेक्सी पब्लिक स्कुल काठमाडौंमा नर्सरी कक्षाबाट आफ्नो अध्ययन सुरु गरेका सुहाङले जगत मन्दिरबाट एसएलसी उत्तीर्ण गरेका थिए । ज्ञानोदय बालबाटिकाबाट कक्षा १२ सम्मको अध्ययन पूरा गरेर अढाइ वर्षका लागि अष्ट्रेलिया गएका उनी कानुन विषय अध्ययनका लागि पुन: नेपाल फर्किए । ‘काठमाडौं स्कूल अफ ल’ मा बीएएलएलबीको पढाइ गरे । उनले एलएलएम अध्ययन पूरा गरे पनि थेसिस बाँकी छ ।

सुहाङ खेलकुदमा पनि उत्तिकै रुची राख्छन् । स्कूले जीवनमा धेरैजसो होस्टलमै जीवन बिताएका सुहाङले अष्ट्रेलियाबाट फर्किएपछि कलेजमा भएका खेलकुद प्रतियोगिताहरुमा सहभागी भइरहने गर्दछ । बुवा सुवासको सल्लाहअनुसार उनले मेची डि स्पोर्टिङ क्लबसमेत खोलेका छन् ।

अहिले प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुहाङ अब नागरिकको मुद्दा उठाउने थलोमा पुगेका छन् । उनले आफूसँगै प्रतिस्पर्धा गर्ने अन्य १८ जना उम्मेदवारले इलामका नागरिकको मुद्दा उठाएकाले ती साझा भएको बताउने गरेका छन् । आफूसँग प्रतिस्पर्धा गर्नेहरु सबैसँग एक पटक बसेर छलफल गर्ने सोच उनले बताएका छन् ।