९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

प्रधानमन्त्री ओली विरूद्ध आक्रोश पोख्दै नेपाल, दाहाल र खनाल (भिडियो सहित)

प्रधानमन्त्री ओली विरूद्ध आक्रोश पोख्दै नेपाल, दाहाल र खनाल (भिडियो सहित)
अ अ+ अ-

काठमाडौ । पार्टी भित्रको अन्तरकलहका कारण  पुस  ५ गते  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि बन्द कोठा भत्र एक अर्का प्रति  व्यक्त गरिने आरोप प्रत्यारोप र आक्रोश यतिबेला सडकमा छताछुल्ल हुन थालेको छ । लामो समय सँगै सहयात्रा गरेका सहकर्मीप्रति जानेका जति सबै शब्द खर्चेर गाली गलौजको निरन्तरता कायम नै छ ।

नीति तथा सिद्धान्तमा  विमती तथा समस्याको समाधान दिने भन्दा पनि एक अर्कालाई जानेको शब्द प्रयोग गरेर गाली गलौजमा उत्रिएका नेता आफू समर्थक कार्यकर्ताको ताली पाएपछि झनै हौसिने गरेका छन्  ।

राजनीति सम्भावनाको खेल हो, को कति बेला को सँग मिल्छ टुङ्गो हुँदैन । हिजो एक अर्का प्रति कटाक्ष गर्ने नेताहरु आज एउटै कित्तामा आइपुगेका छन् । भोलि पनि आज आरोप प्रत्यारोपमा उत्रिएका नेता फेरि एकै कित्तामा उभिए पनि आज गरेको आरोप प्रत्यारोपलाई कसरी लेलान् ? शुक्रबार पनि दाहाल–नेपाल समूहले राजधानीमा विरोध सभाको आयोजना गर्यो ।

 सभामा बिगतमा जस्तै प्रधानमन्त्री ओली प्रति आक्रोश व्यक्त गर्ने काम भयो ।