२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

गढीको पर्यटन विकास पुनः सञ्चालन

गढीको पर्यटन विकास पुनः सञ्चालन
अ अ+ अ-

उदयपुर । ऐतिहासिक तथा पर्यटकीयस्थलका रुपमा रहेको मध्यपहाडी क्षेत्रमा अवस्थित उदयपुरगढी गाउँपालिकाको उदयपुरगढीमा कोभिड–१९ को प्रभावले झण्डै एक वर्षसम्म रोकिएको पर्यटन तथा भौतिक विकासको कार्य पुन शुरु गरिएको छ । 

जिल्लाकै महत्वपूर्ण ऐतिहासिक तथा पर्यटकीयस्थलका रुपमा रहेको उदयपुरगढीलाई आन्तरिक पर्यटन विकासको पूर्वाधार निर्माणको काम अगाडि बढाइएको गाउँपालिकाकी उपाध्यक्ष सानुकुमारी राउतले बताउनुभयो । डाँडामा गाउँपालिकाको रु ३० लाख बजेटको लगानीमा निर्माण भइरहेको ४० फिट अग्लो दृश्यावलोकन स्तम्भ निर्माणको बाँकी कार्य अहिले सम्पन्न गरिसकिएको उपाध्यक्ष राउत बताउनहुन्छ । गढिडाँडा क्षेत्रमा खानेपानी विस्तारको लागि स्थानीय जोगीधाराबाट लिफ्टिङ गरेर खानेपानी विस्तार गर्ने कार्य पुनःसुचारु गरिएको र अब चाँडै गढीडाँडाका घरघरसम्म पानी पु¥याउन लागिएको छ ।

सोका लागि गाउँपालिकाबाट मात्र झण्डै रु २० लाख बजेट विनियोजन गरिएको थियो भने सोही बजेटबाट बाँकी कार्यसमेत पूरा हुन लागेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका नौ वडामध्ये पाँच वडामा विद्युत् विस्तार भइसकेको र बाँकी चार्डवाडमासमेत अहिले तीव्र रुपमा विद्युत् विस्तार गर्ने कार्य भइरहेको छ ।

चैत महिनासम्ममा गाउँपालिकाका नौ वडामा नै बिजुली बलिसक्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको नेपालटार बजारको मदन भण्डारी मार्ग खण्डदेखि उदयपुरगढीसम्मको नौ किलोमिटर कच्ची सडकलाई कालोपत्र गर्नका लागि सडक विभागसँग सम्झौता भई डिपिआरसमेत तयार भइसकेको बताइएको छ ।

अहिले उदयपुरगढी क्षेत्रमा झण्डै डेढदर्जन घरवासका रुपमा सञ्चालन गरिएको भए पनि पर्याप्त खानेपानी नहुँदा घुम्न आउने पर्यटकका लागि व्यवस्थापन गर्न समस्या हुने गरेको घरवास सञ्चालक विष्णु धमला बताउनुहुन्छ । 

विगतमा आन्तरिक पर्यटनमा पछाडी परेको उदयपुरगढीमा दृश्यावलोकन स्तम्भ निर्माण भइसकेको, गढीडाँडासम्म अहिले तीव्र रुपमा विद्युत् विस्तार भइरहेको, खानेपानी समस्या समाधान हुन लागेको र सडक कालोपत्र गर्ने कार्य पनि शुरु हुन लागेका कारण गढीको आन्तरिक पर्यटन विकास अब नयाँ युगमा प्रवेश गर्ने आफूहरुको अपेक्षा रहेको गढीका ६७ वर्षीय मोतीप्रसाद खतिवडा बताउनुहुन्छ ।

गाउँपालिकाका अध्यक्ष मानबहादुर मगर भन्नुहुन्छ, “विगतका दिनमा गढी घुम्न आएका पर्यटकले पर्याप्त पानी नपाउँदा होमस्टेमा बास बस्न मान्दैनथे र सामान्य घुमफिर गरेर तल नेपालटारतिर बास बस्न झर्ने गरेका थिए, अब छिट्टै गढीमा पानी, विद्युत्को समस्या समाधान हुन लागेका कारण यस क्षेत्रमा घुम्न आएका पर्यटक गढीमानै बस्न सक्छन् ।” रासस