२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गढीको पर्यटन विकास पुनः सञ्चालन



अ+ अ-

उदयपुर । ऐतिहासिक तथा पर्यटकीयस्थलका रुपमा रहेको मध्यपहाडी क्षेत्रमा अवस्थित उदयपुरगढी गाउँपालिकाको उदयपुरगढीमा कोभिड–१९ को प्रभावले झण्डै एक वर्षसम्म रोकिएको पर्यटन तथा भौतिक विकासको कार्य पुन शुरु गरिएको छ । 

जिल्लाकै महत्वपूर्ण ऐतिहासिक तथा पर्यटकीयस्थलका रुपमा रहेको उदयपुरगढीलाई आन्तरिक पर्यटन विकासको पूर्वाधार निर्माणको काम अगाडि बढाइएको गाउँपालिकाकी उपाध्यक्ष सानुकुमारी राउतले बताउनुभयो । डाँडामा गाउँपालिकाको रु ३० लाख बजेटको लगानीमा निर्माण भइरहेको ४० फिट अग्लो दृश्यावलोकन स्तम्भ निर्माणको बाँकी कार्य अहिले सम्पन्न गरिसकिएको उपाध्यक्ष राउत बताउनहुन्छ । गढिडाँडा क्षेत्रमा खानेपानी विस्तारको लागि स्थानीय जोगीधाराबाट लिफ्टिङ गरेर खानेपानी विस्तार गर्ने कार्य पुनःसुचारु गरिएको र अब चाँडै गढीडाँडाका घरघरसम्म पानी पु¥याउन लागिएको छ ।

सोका लागि गाउँपालिकाबाट मात्र झण्डै रु २० लाख बजेट विनियोजन गरिएको थियो भने सोही बजेटबाट बाँकी कार्यसमेत पूरा हुन लागेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका नौ वडामध्ये पाँच वडामा विद्युत् विस्तार भइसकेको र बाँकी चार्डवाडमासमेत अहिले तीव्र रुपमा विद्युत् विस्तार गर्ने कार्य भइरहेको छ ।

चैत महिनासम्ममा गाउँपालिकाका नौ वडामा नै बिजुली बलिसक्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको नेपालटार बजारको मदन भण्डारी मार्ग खण्डदेखि उदयपुरगढीसम्मको नौ किलोमिटर कच्ची सडकलाई कालोपत्र गर्नका लागि सडक विभागसँग सम्झौता भई डिपिआरसमेत तयार भइसकेको बताइएको छ ।

अहिले उदयपुरगढी क्षेत्रमा झण्डै डेढदर्जन घरवासका रुपमा सञ्चालन गरिएको भए पनि पर्याप्त खानेपानी नहुँदा घुम्न आउने पर्यटकका लागि व्यवस्थापन गर्न समस्या हुने गरेको घरवास सञ्चालक विष्णु धमला बताउनुहुन्छ । 

विगतमा आन्तरिक पर्यटनमा पछाडी परेको उदयपुरगढीमा दृश्यावलोकन स्तम्भ निर्माण भइसकेको, गढीडाँडासम्म अहिले तीव्र रुपमा विद्युत् विस्तार भइरहेको, खानेपानी समस्या समाधान हुन लागेको र सडक कालोपत्र गर्ने कार्य पनि शुरु हुन लागेका कारण गढीको आन्तरिक पर्यटन विकास अब नयाँ युगमा प्रवेश गर्ने आफूहरुको अपेक्षा रहेको गढीका ६७ वर्षीय मोतीप्रसाद खतिवडा बताउनुहुन्छ ।

गाउँपालिकाका अध्यक्ष मानबहादुर मगर भन्नुहुन्छ, “विगतका दिनमा गढी घुम्न आएका पर्यटकले पर्याप्त पानी नपाउँदा होमस्टेमा बास बस्न मान्दैनथे र सामान्य घुमफिर गरेर तल नेपालटारतिर बास बस्न झर्ने गरेका थिए, अब छिट्टै गढीमा पानी, विद्युत्को समस्या समाधान हुन लागेका कारण यस क्षेत्रमा घुम्न आएका पर्यटक गढीमानै बस्न सक्छन् ।” रासस