१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात

नेतृत्व विकाससँगै महिला आयआर्जनसँग जोडिनुपर्दछ- उससभामुख शर्मा

नेतृत्व विकाससँगै महिला आयआर्जनसँग जोडिनुपर्दछ- उससभामुख शर्मा
अ अ+ अ-

गण्डकी । गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले महिलाहरू संवैधानिक अधिकारको उपयोग गर्दै आयआर्जनतर्फ जोडिनुपर्ने बताउनुभएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिकास्तरीय जनप्रतिनिधि महिला तथा सञ्जालका पदाधिकारीका बीच भएको अन्तक्र्रिया कार्यक्रममा उहाँले महिलाले नेतृत्व विकास गर्दै उत्पादनसँग जोडिनुपर्ने आवश्यकता औंल्याउनुभयो । महिलाको सहभागिता बिना ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियान पूरा नहुने भन्दै उहाँले त्यसका लागि महिलाको सहभागिता अपरिहार्य रहने विश्वास व्यक्त गर्नुभयो ।

संविधानले हरेक तहमा महिलाको ३३ प्रतिशत सुनिश्चितता गरेकाले महिला नेतृत्वमा उल्लेखनीय विकास भएको जानकारी गराउँदै आगामी स्थानीय तहको निर्वाचनमा महिला नेतृत्व लिन तयार भएको उहाँको भनाइ छ । गण्डकी प्रदेशसभाका सदस्य डा पुष्पा केसी भण्डारीले तालीमबाट प्राप्त ज्ञानले धारणा बनाउँदै दुई हातले सीप प्रस्तुत गर्नसके मात्र महिला सशक्तीकरणमा जोड पुग्ने विश्वास व्यक्त गर्नुभयो । समाजका विपन्न तथा असहायको पहिचानमा स्थानीय तहका जनप्रतिनिधिको महत्वपूर्ण भूमिका रहने बताउँदै उहाँले त्यस्ता वर्गको उत्थानका लागि आर्थिक उपार्जनमा जोड पुग्ने खालका कार्यक्रम सञ्चालन गरिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले महिला हक अधिकारको सुनिश्चितताका लागि जनप्रतिनिधि महिला र सञ्जालबीचको समन्वय आवश्यक रहने बताउनुभयो । उपाध्यक्षसँग महिला बालबालिका कार्यक्रमका संयोजक तथा गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दवाडी र मुस्ताङ जिल्ला घरपझोङ गाउँपालिकाका उपाध्यक्ष शर्मिला गुरुङले राज्यले व्यवस्था गरेको महिला तथा बालबालिका लक्षित बजेट कार्यान्वयमा जनप्रतिनिधि एवं सञ्जालका पदाधिकारी सचेत हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

कार्यपालिका सदस्य हीरादेवी सुनार, महिला तथा बालबालिका कार्यक्रम संयोजक गीता थापा तथा विभिन्न वडाका वडाध्यक्षले कार्यक्रमको महत्व र आवश्यकतामाथि प्रकाश पार्नुभएको सो कार्यक्रममा गाउँपालिका महिला जनप्रतिनिधि, सञ्चालनका पदाधिकारी, सम्बन्धित शाखाका कर्मचारीसहित ५० जनाको सहभागिता रहेको थियो ।