१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा प्रचण्ड-माधव समूहको तेस्रो चरणको आन्दोलन घोषणा (भिडियो सहित )



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षले प्रतिनिधि सभा विघटनको विरोधमा आन्दोलनको थप कार्यक्रम घोषणा गरेको छ ।

सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा पार्टीको केन्द्रीय संघर्ष समितिले पत्रकार सम्मेलन गरी पार्टीको थप आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । आन्दोलनको कार्यक्रमहरुमा २०७७ माघ १३ गते सिट्ठी जुलुश, माघ १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलामा संविधानसभाका सदस्य, राष्ट्रिय सभा सदस्य र विघटित प्रतिनिधि सभाका सांसद र प्रदेश सभाका सदस्यहरु सहितको दैनिक धर्ना कार्यक्रम हुने केन्द्रीय संघर्ष समितिकी सह–संयोजक पम्फा भुसालले जानकारी दिनुभयो । त्यसैगरी, माघ १६ गते शहिद दिवसको अवसरमा जुलुससहित सहिदहरुप्रति श्रद्धाञ्जली कार्यक्रम राखिएको छ भने देशभर विभिन्न विरोध सभा र आन्दोलनको घोषणा गरिएको छ । माघ १५ गते बुटवलमा, माघ १६ गते बिराटनगरमा र माघ १७ गते धनगढीमा बृहत जनसभा हुने र ति सभाहरुमा पार्टी अध्यक्षद्धय तथा बरिष्ठ नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रदेशका राजधानीहरुमा विशिष्ट प्रकारका ठोस कार्यक्रमहरुको निरन्तरता दिने, समाजका विभिन्न तह र तप्काका मानिसहरुसँग अन्र्तक्रिया आयोजना गरिने भएको छ । माघ २२ गते काठमाडौँमा युवा ¥याली, माघ २६ गते देशव्यापी मशाल जुलुश तथा माघ २८ गते काठमाडौँमा बृहत बिरोध प्रदर्शन तथा सभा हुने केन्द्रीय संघर्ष समिति सह–संयोजक भुसालले बताउनुभयो ।