५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री भएको १६ दिनपछि कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै



अ+ अ-

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदै हुनुहुन्छ । मुख्यमन्त्री बनेको १६ दिनपछि कँडेलले विश्वासको मत लिन लाग्नुभएको हो । उहाँले चैत २७ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको बैठक आज आपराह्न ३ बजेका लागि आह्वानस गरिएको कर्णाली प्रदेश सभा सचिवालयले जनाएको छ ।

विश्वासको मत लिनुअघि मुख्यमन्त्री कँडेलले सत्ता गठबन्धन दलहरूबीच मन्त्रालयको भागबन्डा मिलाउनुभएको थियो ।
सहमतिअनुसार नेकपा माओवादी केन्द्रले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय लिने छ ।

यस्तै नेकपा एमालेले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा योजना मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय लिने भएको छ ।

मन्त्रालय भागबन्डा टुंगिए पनि मन्त्रीको भने टुंगो लाग्न बाँकी छ । माओवादी केन्द्रले हिजो रणसिंह परियारलाई सरकारमा पठाएको थियो । मुख्यमन्त्री कँडेलले उहाँलाइक्षर्् विनाविभागीय मन्त्री बनाउनुभएको छ ।

४० सदस्यीय कर्णाली प्रदेशसभामा माओवादी केन्द्रका १३, एमालेको १० र एकीकृत समाजवादीका १ प्रदेशसभा सदस्य छन् । यस्तै नेपाली कांग्रेसका १४, राप्रपाका १ र एकजना स्वतन्त्र प्रदेशसभा सदस्य छन् ।

मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न कम्तिमा २१ सदस्यको समर्थन चाहिन्छ ।