६ पुष २०८२, आईतवार
,
Latest
उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत पसिनाका गन्धमा सफलता खोज्ने तिवारी कालीगण्डकी करिडोर : तातोपानी–घाँसा खण्ड स्तरोन्नति घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर : ३८४ जनाको परीक्षण गर्दा ७५ मा मोतियाबिन्दुको समस्या
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुललाई उपाधि होडमा धक्का, एभर्टनसँग स्तब्ध



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले हार ब्यहोरेको छ । गएराति भएको खेलमा लिभरपुल एभर्टनसँग २–० गोलले पराजित भयो । योसँगै लिभरपुललाई उपाधि होडमा धक्का लागेको छ ।

घेलु मैदान गुडिसन पार्कमा एभर्टनलाई जित दिलाउन खेलको २७ औं मिनेटमा जेरार्ड ब्रान्थवेइटले र ५८ औं मिनेटमा डोमिनिक काल्भर्ट लेविनले गोल गरे ।

पराजित लिभरपुल ३४ खेलबाट ७४ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । समान खेलबाट ७७ अंक जोडेको आर्सनल ७७ अंकसहित शीर्षस्थानमा रहँदा २ खेल कम खेलेको म्यान्चेस्टर सिटी ७३ अंकसहित तेस्रो स्थानमा छ । एभर्टन ३३ अंकसहित १६ औं स्थानमा छ ।