२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

कमला ह्यारिस : उच्च ओहदामा पुग्ने पहिलो अमेरिकी महिला

कमला ह्यारिस : उच्च ओहदामा पुग्ने पहिलो अमेरिकी महिला
अ अ+ अ-

काठमाडौं । संयुक्तराज्य अमेरिकाको ४६ औं राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका जो बाइडेन विजयी हुनुभएको छ । अमेरिकाको उपराष्ट्रपति पदमा पनि सोही पार्टीका अश्वेत एवं दक्षिण एसियाली मूलकी कमला ह्यारिस अमेरिकामा पहिलो महिला उपराष्ट्रपति बन्नु भएको छ । अमेरिकामा यो उच्चस्तरमा पुगेको उहाँ नै पहिलो महिला पनि उहाँ बन्नुभएको छ । उहाँ पनि राष्ट्रपतिको स्तरमा पुग्न सफल हुनुभएको अमेरिकी सञ्चारमाध्यमहरुको प्रतिक्रिया छ । 

विश्वको शक्तिराष्ट्र मानिएको र लगभग विश्व राजनीतिमा सधैँ चर्चाको शिखरमा रहने देश संयुक्त राज्य अमेरिकामा सन् २०१६ को नोभेम्बरमा अमेरिकामा एउटा नयाँ विषयको ठूलो बहस चलेको थियो– के अब अमेरिकाले महिला राष्ट्रपति पाउला रु महिला समानता, लैंगिक समानता तथा नारी अधिकारका साथै मानवअधिकारका बारेमा विश्वलाई नै पाठ पढाउने अमेरिकाले महिला राष्ट्रपति पाउन नसकेको चर्चा उक्त समयमा अमेरिकामा सुरु भएको थियो । विश्वका कैयौं अविकसित र दक्षिण एशियाली राष्ट्रहरुमा कार्यकारी प्रमुखका रुपमा महिलाले हाँकिसकेका अवस्थामा पनि अमेरिकामा महिला राष्ट्रपति नभएको नै उक्त बेलामा चर्चाको विषय थियो  । 

अमेरिकामा ४५ औँ राष्ट्रपतिको लागि सो निर्वाचन हुन लागेको थियो । अमेरिकी राष्ट्रपतिको यस निर्वाचनको प्रतिस्पर्धामा एक जना महिला नेत्री पूर्व विदेशमन्त्री हिलारी रोधम क्लिन्टन पनि उम्मेदवार रहनु भएको थियो । विश्वको एक प्रमुख शक्तिराष्ट्रको रुपमा परिचित रहेको यस देशको राष्ट्रपति पदमा एक जना पनि महिला आउन सकेका थिएनन् । यद्यपि भारत, दक्षिण कोरिया, अल्जेरिया, ब्राजिल नेपातलगायत विश्वका कैयन् ठूला साना राष्ट्रहरुमा महिलालाई राष्ट्रपति बन्ने अवसर प्राप्त भइसकेको छ । अमेरिकाको ४५ औँ राष्ट्रपतिका लागि हुन गइरहेको यस निर्वाचनमा त्यसो त यसअघिका निर्वाचनहरुमा पनि राष्ट्रपतिका लागि महिलाहरुले उम्मेदवारी नदिएका भने होइनन् । 

तर क्लिन्टन अमेरिकी राजनीतिमा एक शक्तिशाली महिला हुनुहुन्थ्यो । निर्वाचनमा उम्मेदवारी दर्ता एवं प्रचारप्रसारको सुरुवातदेखि नै चुनावी मैदानमा अन्य उम्मेदवारहरु उत्रेका देखिए तापनि रिपब्लिकन पार्टी तर्फका उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्र्यटिक पार्टीकी उम्मेदवार, पूर्वविदेशमन्त्री हिलारी क्लिन्टबीच मात्र प्रतिस्पर्धा भएजस्तो देखियो र यो अवस्था अन्त्यसम्म पनि कायमै रह्यो । प्रचारप्रसारको सुरुदेखि नै अमेरिकी जनता, पर्यवेक्षक र अमेरिकी राजनीतिसँग सरोकार वा चासो राख्ने बाह्य विश्व समूदायले हिलारी क्लिन्टनले जित्ने नै बलियो अनुमान गरेका थिए । 

अमेरिकाको इतिहासमा पहिलो पटक महिला राष्ट्रपति बन्न विजयको नजिकै पुग्न लाग्नुभएकी क्लिन्टनले अन्तिम क्षणमा पराजयको पीडा भोग्नु प¥यो । मत प्राप्तिका रुपमा अगाडि नै रहनुभएकी क्लिन्टन अमेरिकाको मतदानको पराम्पराअनुसार राज्यको हिसाबबाट पछि पर्दै हार्नुभएको थियो । विश्व राजनीतिमा सधैँ चर्चाको शिखरमा रहने संयुक्त राज्य अमेरिकाको इतिहासमा नै पहिलो पटक सशक्त महिला उम्मेदवार चुनावी मैदानमा उत्रनाले विश्वभर नयाँ चर्चाको विषय बनेको यथार्थमा फेरि एक पटक सेलायो । सम्पूर्ण विश्वलाई महिला अधिकारको पाठ सिकाउने अमेरिकाको ४५ औं राष्ट्रपति पदमा पनि बर्षौदेखिको राजनितिक इतिहास बोकेकी एउटी महिला विजयी हुन सकिनन् । अमेरिकामा ४५ औं राष्ट्रपति पदमा रिपब्लिकन पार्टीका नेता डोनाल्ड एक पुरुष नै उदय भयो । महिलालाई अत्यन्त शक्तिशाली देशको राष्ट्रपतिको रुपमा हेर्ने चाहाना बोकेका विश्वका कैयौ महिलालाई नराम्रो अनुभव गरौं । 
 
तर समयको पर्खाइपछि अश्वेत एवं दक्षिण एसियाली मूलकी कमला ह्यारिस अमेरिकामा पहिलो महिला उपराष्ट्रपति बन्नु भो । जमाइकाली मूलका डोनाल्ड ह्यारिस र भारतीय मूलकी श्यामला गोपालनकी जेठी छोरीका रुपमा ५५ वर्षअघि कमलाको जन्म भएको हो । उहाँहरुकी जेठी छोरीका रुपमा कमलाको जन्म भएको थियो । बिहे गरेको केही वर्षमै कमलाका बावु र आमाको सम्बन्ध विच्छेद भएको थियो । पितासँग अलग भएपछि कमला र उहाँकी बहिनी माया दुवै छोरी आमासँगै हुर्किएका थिए । हाइस्कुलको पढाइ सकिनेबित्तिकै कमलाले वकिल बन्न अगाडिको पढाइ तयारी गर्नुभएको थियो । पच्पन्न वर्षीया कमला ह्यारिसले शुरुमा अमेरिकाको राष्ट्रपति पदका लागि उम्मेदवार हुने बताउनुभएको थियो । तर उहाँ गत डिसेम्बरमा राष्ट्रपति उम्मेदवारको दौडबाट बाहिरिनुभएको हो । क्यालिफोर्नियाको ओक्लान्डमा जन्मिएकी ह्यारिसका पिता जमैकाली नागरिक र आमा भारतीय हुनुहुन्छ । उहाँकी आमा भारतमा जन्मिनुभएको र पिता जमैकामा जन्मेकाले उहाँलाइ अमेरिकाका लागि अस्वेत तथा अफ्रो एसियाली पहिलो महिला उपराष्ट्रपतिका रुपमा विश्वमा मिडियाले प्रचार गरेको छ । 

उहाँले हावर्ड विश्वविद्यालमा अध्ययन गर्नुभएको हो । उहाँले सधैँ आफूलाई आफूलाई “एक अमेरिकी“ भन्ने गर्नुहुन्थ्यो ।भारतीय–जमैकन मूलकी उहाँ क्यालिफोर्नियाकी सांसद हुनुहुन्थ्यो र कुनैबेला त उहाँले राष्ट्रपतिकै उम्मेदवारका लागि जोन बाइडेनलाई समेत चुनौती दिनुभएको चर्चा पनि व्यापक भएको थियो । पछि उहाँ राष्ट्रपतिको उम्मेदवारको दाबीबाट  हटेपछि पनि उहाँको नाम चर्चामा नै रहेको थियो । ह्यारिस क्यालिफोर्नियाको महान्यायाधिवक्ता पनि भइसक्नुभएको थियो । उहाँले केही समयमात्र अघि अमेरिकामा देशव्यापीरूपमा भएको रंगभेदविरुद्धको प्रदर्शनका क्रममा अमेरिकी प्रहरीमा सुधार हुनुपर्ने माग पनि राख्नुभएको थियो ।त्यस क्रममा पनि उहाँ चर्चामा आउनुभएको थियो । उहाँले त्यस आन्दोलन ताका ट्रम्प प्रशासनका साथै प्रहरीमा पनि व्यापक मात्रामा सुधार गर्न आह्वान समेत गर्नुभएको थियो । 

कमला ह्यारिसका आमा श्यामला गोपालन पनि अधिकारको संघर्षमा लाग्ने महिला हुनुहुन्थ्यो । श्यामलाले मानवअधिकारका पक्षमा लागेर यसैको अभियानमा काम गर्दा छोरी ह्यारिसलाई पनि साथमा लाने गरेकोले उहाँकै प्रभावले आफू पनि अधिकारको आन्दोलनमा लागेको अनुभव कमलाले समय समयमा मिडियालाई बताउने गर्नुभएको थियो ।    केही समयअघि अमेरिकाका एकजना अस्वेत नागरिकलाई प्रहरीले गरेको दुव्र्यवहारका कारण अमेरिकाभर भएको आन्दोलनमा पनि कमलाले ट्रम्प प्रशासनको विरुद्धमा र अमेरिकी अस्वेत नागरिकको पक्षमा लागेर काम गर्नुभएको थियो । 

कमला अमेरिकामा उच्च पदमा पुग्न सफल हुनु भो । अव अमेरिकी राष्ट्रपति पदमा महिला पुग्नको लागि एक पाइला मात्र बाँकी भएको छ ।  उहाँका यी दायित्वहरु बाँकी नै रहेको भएपनि अमेरिकाजस्तो विश्व राजनीतिमा आफूलाई सधैँ अब्बल दर्जामा राख्न चाहने देशले पहिलो महिला राष्ट्रपति पाउने यस अवसरलाई भने अवसरकै रुपमा प्राप्त गर्नेछ भन्ने अनुमान धेरैले गरिरहेका छन्  । रासस