४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

यस्तो सरल जीवनः ४०० करोडको मालिक यी स्टार चप्पल लगाएर बस–रेलमा हिँड्छन्

यस्तो सरल जीवनः ४०० करोडको मालिक यी स्टार चप्पल लगाएर बस–रेलमा हिँड्छन्
अ+ अ-

एजेन्सी । बलिउडका सबै फिल्ममा आफ्नो आवाजको जादु फैलाएका यी गायकले सबैलाई आफ्नो गायनले मोहित बनाएका छन् । यी गायकका लागि सारा संसार पागल छ ।

यो गायकले एक घण्टाको प्रस्तुतिको लागि करोडौं पारिश्रमिक पनि लिन्छिन् तर वास्तविक जीवनमा उनी निकै साधारण जीवन बिताउँछन् । प्रायः उनलाई चप्पल लगाएर हातमा झोला लिएर कतै पनि देख्न सकिन्छ ।

यो गायक अरु कोहि होइन अरिजित सिंह हुन् । अरिजित सिंह आज बलिउडका शीर्ष गायक मध्ये एक हुन् । उनका हरेक गीत हिट छन् र उनका फ्यानहरु उनको आवाज सुन्न आतुर छन् । फ्यानहरूले उनलाई ‘पार्श्व गायनका राजा’ पनि भन्ने गर्छन् ।

अरिजित आज निकै लोकप्रिय छन् र उनले आफ्नो एउटा गीतको लागि १.५ करोड पारिश्रमिक लिन्छन् । यदि हामी अरिजित सिंहको जीवनशैलीको बारेमा कुरा गर्ने हो भने, उनको करोडौंको सम्पत्ति भए पनि, उनी आफूलाई सेलिब्रेटी मान्दैनन् र धेरै साधारण जीवन बिताउँछन् । उनीसँग कुनै कार छैन । उनी प्रायः बस र रेलमा यात्रा गर्छन् । झोला बोकेर र चप्पल लगाएको देखिन्छ उनलाई ।

अरिजित सिंहले आफ्नो कडा मिहिनेतका आधारमा आज आफ्नो पहिचान बनाएका छन् । अरिजितले लाइभ कन्सर्टको करिब डेढ करोड रुपैयाँ लिने गर्छन् । अरिजित सिंह बलिउडका सबैभन्दा धेरै पारिश्रमिक लिने गायक हुन् र मिडिया रिपोर्टका अनुसार उनको कुल सम्पत्ति ४१४ करोडभन्दा बढी छ । मुम्बईमा अरिजितको आलिशान घर पनि छ । उनले भारत र विदेशमा लाइभ कन्सर्टबाट पनि धेरै कमाउँछन् ।

अरिजित सिंहको व्यक्तिगत जीवनको कुरा गर्दा गायकले दुई पटक विवाह गरिसकेका छन् । उनको पहिलो विवाह रुपरेखा बनर्जीसँग भएको थियो । तर, उनीहरुको विवाह लामो समय टिक्न सकेन । रुपरेखासँग सम्बन्धविच्छेदपछि गायकले आफ्ना साथी कोयल रोयलाई डेट गरे र त्यसपछि उनीहरुले विवाह गरे । अरिजित सिंहका तीन सन्तान छन् । अरिजितको दोस्रो पत्नी कोएल रोयबाट सौतेनी छोरी पनि छिन् ।