२० मंसिर २०८२, शनिबार
,
Latest
दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

युजवेन्द्र चहलले आईपीएलमा रचे इतिहास



अ+ अ-

काठमाडौँ । सन् २०१३ मा युजवेन्द्र चहलले मुम्बई इन्डियन्सको जर्सी लगाएर आईपीएलमा डेब्यु गरेका थिए र आज ११ वर्षपछि चहलले आईपीएलमा इतिहास रचेका छन् ।

चहल आईपीएलमा २०० विकेट लिने पहिलो बलर बनेका छन् । चहलले आईपीएल २०२४ को ३८ औं खेलमा मुम्बई इन्डियन्स विरुद्ध खेल्दै यो ठूलो उपलब्धि हासिल गरेका हुन् ।

मोहम्मद नाबीलाई आफ्नो शिकार बनाएपछि चहलले यो स्थान हासिल गरेका हुन् ।

चहलले आईपीएलमा १ सय ५३ खेलमा २०० विकेट पूरा गरेका छन् । आईपीएलमा सबैभन्दा बढी विकेट लिनेको मामिलामा दोस्रो स्थानमा रहेका ड्वेन ब्राभोको नाममा १८३ विकेट छन् । पियुष चावलाको नाम १८१ विकेटका साथ तेस्रो स्थानमा छ । भुवनेश्वर कुमारको नाममा १७४ विकेट छन् ।

आईपीएल २०२४ मा युजवेन्द्र चहलको प्रदर्शन उत्कृष्ट रहेको छ । चहलले अहिलेसम्म ८ खेल खेल्दै १३ विकेट लिएका छन् । उनी अहिले पर्पल क्यापको दौडमा दोस्रो स्थानमा छन् । उनीभन्दा अगाडि जसप्रित बुमराह (१३ विकेट) छन् ।