११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित

नौ महिनापछि मर्मत सकेर नेवानीको एयरबस ३२० नेपाल ल्याइँदै

नौ महिनापछि मर्मत सकेर नेवानीको एयरबस ३२० नेपाल ल्याइँदै
अ अ+ अ-

काठमाडौं । नेपाल वायुसेवा निगमको ९ एन–एकेएक्स जहाज ९ महिनापछि मर्मत सकेर नेपाल ल्याइँदै छ ।

एयरबस ३२० (न्यारोबडी) २०२३ सेप्टेम्बर १७ मा मर्मतका लागि इजरायल एरोस्पेस इन्डस्ष्ट्रिजमा लगिएको जहाज आईबार मध्यान्न नेपाल ल्याउन लागिएको हो ।

निगमले मर्मतपछि विमान ल्याउन शुक्रबार नै त्यसतर्फ टोली पठाएको छ । युद्धका कारण आक्रान्त बनेको ईजरायलमा क्याप्टेनद्वय अबरिन्द राज पहाडी , नृपेद्र भट्टराई , आई एफ एस प्रज्ञा भट्टराई , सिननियर फाईट डिसप्याचर चक्र नकर्मी सहितको टोलीले तेल अभिभ हुँदै दुबईबाट काठमाडौँ ल्याउन लागेको छ ।

जहाज ग्राउण्डेड भएको झण्डै तीन महिनापछि निगमले इन्जिन मर्मतका लागि इजरायल पठाएको थियो । निगमका अनुसार निगमको नाईन-एकेएक्स जहाजको इन्जिन मर्मतका लागि एमआरओ कम्पनी इजरायल एरोस्पेस इन्डस्ष्ट्रिजसँग लिजसहितको इन्जिन मर्मत सम्झौता भएको थियो ।

एमआरओ कम्पनीले १८ सेप्टेम्बर २०२३ लाई स्लट दिएको र त्यसै आधारम विमान पठाईएको निगमले जनाएको छ । पूर्व कार्यतालिका अनुसार विमान मर्मतपछि २२ सेप्टेम्बर २०२३ मा काठमाडौं फर्कनु पर्ने थियो ।