१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना

नेता-कार्यकर्ता संवादको थलो बन्यो एमाले परिषद् बैठक

नेता-कार्यकर्ता संवादको थलो बन्यो एमाले परिषद् बैठक
अ अ+ अ-

काठमाडौँ । नेता र कार्यकर्ताबीच पर्याप्त संवादको अवसर नपाइएको गुनासो आइरहेका बेला नेपाल कम्युनिष्ट पार्टी (एमाले)को जारी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक त्यसका लागि एक उपयुक्त थलो सावित भएको छ ।

परिषद् बैठकका प्रतिनिधिहरुले संवादको सकारात्मक थालनी भएकाले यसलाई नियमित र व्यवस्थित गर्नाका साथै आएका सुझावलाई योजनाबद्धरुपमा कार्यान्वयनमा जोड दिएका छन् ।

प्राय: कार्यकर्ताले गुनासो गर्दै आएका र पार्टीभित्र र बाहिरबाट उठ्ने विषयलाई एमालेको नेतृत्वले ती विषयलाई कसरी सम्बोधन वा व्यवस्थापन गर्ने भनेर परिषद् बैठकका सदस्यसँग औपचारिकरुपमा सुझाव मागेको थियो । पार्टी सुदृढीकरणका लागि नेतृत्वले राखेका छ वटा प्रश्नलाई आधार बनाएर समूहगत छलफलमा प्रतिनिधिले खुलेर कुरा राखेका छन् ।

उनीहरुले आफ्ना भाषा, अनुभव र शैलीमा जवाफ दिएका छन् । पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य र आम प्रतिनिधि समूहमा रहेर यसप्रकारको छलफल एमालेले पहिलो पटक सञ्चालन गरेको थियो । विगतमा यस्ता महाधिवेशनहरुमा केन्द्रीय तह, प्रदेश तह र जनसङ्गठनका अलग समूहमा छलफल हुने गरेकामा यसपटक मिश्रण गरी समूह बनाइएको थियो ।

पार्टीलाई शुद्धीकरण र सुदृढीकरण गर्दै निर्णायक राष्ट्रिय शक्तिमा रुपान्तरणका लागि चाल्नुपर्ने कदमबारे नेतृत्वले मागेको सुझावमा प्रतिनिधिहरुले घनीभूत छलफल गरी सुझाव दिएका छन् ।

बैठकको पहिलो दिन अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमा पार्टी सदस्यता वितरण, नवीकरण र परीक्षण, प्रतिनिधि छनोट, अधिवेशन र नेतृत्व चयन, कमिटी सञ्चालन, चेन अफ कमाण्ड र कार्यकर्ताको ९मूल्याङ्कन०, कार्यशैली, जीवनशैली र कार्यकर्ताको आचरण, आर्थिक–सामाजिक रुपान्तरण र जनचासोका विषयको सम्बोधन र निर्वाचनमार्फत् निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने सम्बन्धमा व्यापक छलफलसहित सुझावको अपेक्षा गरिएको थियो ।

महाधिवेशन प्रतिनिधि परिषद् सदस्य एवं एमालेको सङ्खुवासभा जिल्ला अध्यक्ष खड्ग राईले छलफलमा आधारभूत तहबाट कुरा आएको बताउँदै ती विषयलाई पार्टीले मनन् गरेर योजना बनाएर कार्यान्वयन गर्ने हो भने निर्णायक शक्ति बनाउन सकिने प्रतिक्रिया दिनुभयो । रासससँग कुरा गर्दै उहाँले पार्टी जीवनलाई जनमुखी र पारदर्शी बनाउन नेता र कार्यकर्ताका जीवनशैली सुधार हुनुपर्नेलगायत सुझाव आएको जानकारी दिनुभयो ।

काभ्रेपलाञ्चोकका महाधिवेशन प्रतिनिधि एवं पूर्व सांसद नवीना लामाले कार्यकर्ताले दिएका सुझाव र उत्तरलाई पार्टी नेतृत्वले सम्बोधन गरेर मापदण्ड बनाउनुपर्छ भने भनाइ राख्नुभयो । “त्यो भएमा पार्टीमा विधि बन्छ । पार्टीभित्र भएका आर्थिक अनियमितता, नेतृत्वको गलत आचरण, शैली र पार्टीभित्र हुने आन्तरिक गुटबन्दी अन्त्यका उपाहरु हामीले सुझाएका छौँ । यसको सहीरुपमा कार्यान्वयन भएमाले एमाले राष्ट्रिय र बलियो शक्ति बन्नमा सहजता हुनेछ”, उहाँले भन्नुभयो ।

महाधिवेशन प्रतिनिधि परिषद् सदस्य एवं राष्ट्रिय जनसांस्कृतिक महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारीले समूहगत छलफलमा आएका सुझावले पार्टीमा निकै राम्रो परिणाम दिने गरी सुधार हुने विश्वास व्यक्त गर्नुभयो । “पार्टीभित्र प्रश्न गर्नुपर्ने अवस्था नेतृत्वबाटै आएको हो । विगतमा उठेकै हुन् तर अहिले पार्टीको वैधानिक मञ्चमा नेतृत्वले सुन्ने गरी सुझाव दिन पाइएको छ । यो उपयुक्त अवसर सावित भएको छ”, उहाँले भन्नुभयो । उहाँले पार्टीमा साधारण सदस्यता हाल कायम रहेको भन्दा दस गुणा बढाउन पनि सुझाव आएको बताउनुभयो ।

महाधिवेशन प्रतिनिधि परिषद् सदस्य मीनबहादुर शाहीले पार्टीको आन्तरिक जीवनलाई व्यवस्थित बनाउने तथा नीति, विधि र पद्धतियुक्त पार्टी बनाउन छलफलले सघाउने बताउनुभयो । “नेतृत्वले कार्यकर्तासँगको संवाद नियमित र व्यवस्थित बनाउनुपर्छ । यो छलफलले त्यसको थालनी गरेको छ । नेता र कार्यकर्ताबीच दोहोरो संवाद भएको छ । यसले पार्टी जीवनको लोकतान्त्रिकीकरणलाई योगदान दिन सक्नेछ ।’’

लतिलपुरको गोदावारीस्थित सनराइज हलमा जारी अध्यक्ष ओलीको राजानीतिक प्रतिवेदनका साथै महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदनमाथि छलफल भएको हो ।

लोकतान्त्रिक भित्तोमा पनि आए सुझाव

दुई हजार चार सय ५४ प्रतिनिधि सहभागी परिषद् बैठकमा एमालेले समूहगत छलफलका साथै व्यक्तिगत र लिखितरुपमा थप विचार/सुझाव दिन चाहने प्रतिनिधिका लागि लोकतान्त्रिक भित्तोको व्यवस्था गरिएको व्यवस्था गरेको थियो । सो पार्टीका केन्द्रीय प्रचार विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार खुल्ला खुलस्तरुपमा उक्त भित्तोमा पनि लिखित सुझाव आएकाले त्यसलाई अध्ययन गरी नेतृत्वले आवश्यकताका आधारमा प्रतिवेदनमा समावेश गर्नेछ । इलाम र बझाङमा यही वैशाख १५ गते उपनिर्वाचन भएकाले त्यस क्षेत्रका प्रतिनिधि भने कम उपस्थिति भएको जनाइएको छ ।