९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

विभाजित नेकपालाई एकता गराउन उपाध्यक्ष गौतमको एकता अभियान सुरु (भिडियो सहित)

विभाजित नेकपालाई एकता गराउन उपाध्यक्ष गौतमको एकता अभियान सुरु (भिडियो सहित)
अ अ+ अ-

काठमाडौ। नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का उपाध्यक्ष वामदेव गौतमले विभाजित पार्टीलाई एकता गराउने भन्दै एकता राष्ट्रिय अभियानको घोषणा गर्नुभएको छ । बुधबार ललितपुरको धोबिघाटमा कार्यक्रम गरी उपाध्यक्ष गौतमले विभाजित नेकपालाई एकता गराउनको निम्ति नेकपा एकता राष्ट्रिय अभियानको घोषणा गर्नुभएको हो ।

नेकपा पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्ष र केपी शर्मा ओली पक्षमा राजनीतिक रुपमा विभाजित भएपनि गौतम तटस्थ रहदै आउनुभएको थियो ।

आफु एकताको पक्षमा रहेको सार्वजनिक अभिव्यक्ति दिदैँ गर्नुभएका गौतमले बुधबारदेखि औपचारिक रुपमै एकता अभियान घोषणा गर्नुभएको हो । उपाध्यक्ष गौतमले पार्टी विभाजनको पक्षमा कोही नभएको भन्दै शक्ति निर्माण गरेर दुई पार्टीलाई एक बनाइछाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

शिर्ष नेताहरु विभाजित भएपनि पार्टीका दोस्रो र तेस्रो तहका नेताहरु एकता भंग भएकोमा चिन्तित रहेको भन्दै उहाँले आफुले संयोजन गरेर दोस्रो, तेस्रो तहका नेताहरुलाई अघि बढाउने बताउनुभयो । ६ महिनाभित्र पार्टी एकता गराईसक्ने उपाध्यक्ष गौतमले दाबी गर्नुभयो । ६ महिना अघि नै एकता हुनसक्ने पनि उहाँको भनाई छ ।
उपाध्यक्ष गौतमले प्रचण्ड–नेपाल र ओली पक्षधरलाई आफ्नो पक्षमा ल्याउने बताउनुभयो । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको पक्षमा फैसला गरेपनि आफुहरुले उक्त फैसलालाई शिरोधार्य गर्ने उहाँको भनाई छ ।

वैशाखमा चुनाव भए राम्रो उम्मेदवार छानेर भोट हाल्ने भन्दै संसद पुर्नस्थापना भयो भने पार्टी एकीकरण गराउन समय समेत प्राप्त हुने उहाँले बताउनुभयो । प्रतिनिधि सभा पुर्नस्थापना भए पार्टी एकता जोगाउन सकिने भएकोले आफ्नो भित्रि धारणा प्रतिनिधि सभा पुर्नस्थापनाको पक्षमा रहेको बताउनुभयो ।

उपाध्यक्ष गौतमले नेकपालाई विभाजन गर्न अध्यक्षद्धय ओली र प्रचण्डको बराबरी भूमिका रहेको बताउनुभयो । पार्टी एकताको महत्वपूर्ण आधार नै आलोपालो भएको भन्दै गौतमले २०७५ मंसिर ४ गते अध्यक्ष प्रचण्डलाई कार्यकारी भूमिका दिएपछि पार्टी एकता गर्दाको सहमती अनुसार आलोपालो प्रधानमन्त्री प्रचण्डले छाड्नु नै पार्टी विभाजनको सुरुवात भएको बताउनुभयो । उपाध्यक्ष गौतमले अर्को पार्टी बनाउँछन् भन्ने शन्देश गएको भन्दै आफुहरुले अर्को पार्टी नबनाएको स्पष्ट पार्नुभयो । सर्वोच्चमा परेको मुद्दा फैसला हुने बित्तिकै ओली र प्रचण्ड पक्षका नेताहरुपनि आफुहरुसँग मिसिन आउने उहाँको दाबी छ ।