४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

रञ्जितालाई भेट्न रेशम काठमाडौं आउँदै, कुरा मिले सँगै बस्ने नमिले छुटिने

रञ्जितालाई भेट्न रेशम काठमाडौं आउँदै, कुरा मिले सँगै बस्ने नमिले छुटिने
फाईल फोटो
अ+ अ-

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीबीच सामाजिक सञ्जालमा दोहोरी चलेको छ ।

अध्यक्ष श्रेष्ठले सामाजिक सञ्जालमार्फत् आफूलाई पार्टी संरक्षक चौधरीले मुद्दा दायर गरेको र त्यसको पेशी आइतबार तोकिएको विषय सार्वजनिक गरेपछि रेशमले आज सामाजिक सञ्जालमार्फत् नै जवाफ फर्काएका छन् । रेशमले रञ्जिताविरुद्ध मुद्दा हालेको नभई निर्वाचन आयोगविरुद्ध भएको स्पष्ट मात्र पारेका छैनन्, तीललाई पहाड नबनाउन पनि सचेत गराएका छन् ।

रेशमले भनेका छन्– केही स्वार्थी मान्छेले तिम्रो मेरो सम्बन्ध र नागरिक उन्मुक्ति पार्टीलाई सिद्ध्याउने खेलमा सहजै खेलेको मैले त बुझेको थिएँ तर तिमिले बुझेनौ ।

रेशमले छोरी भन्नेसंग, भाउजू भन्नेसंग र भान्जी भन्नेहरुसँग सजग रहन सुझाव दिएका छन् । उनले रञ्जितालाई भेट्न काठमाडौं आइरहेको जानकारी दिएका छन् । दुई जना मात्र वार्ता गर्ने प्रस्ताव लिएर उनी काठमाडौं आउन लागेका हुन् । एक आपासमा बसेर मन माझ्ने र मिल्दा पनि मनैले मिल्न, छुट्टीँदा पनि जग नहसाएर छुट्टीयौं भन्ने प्रस्तावसहित रेशम काठमाडौं आउन लागेका हुन् ।

रेशमले सामाजिक सञ्जालमा लेखेकका छन्–

शान्त तलाउमा ढुंगा हानेर तरंगित बनाउनेहरु सबको पहिचान छ । कसको स्वार्थ कहाँ र के का लागि छ त्यो पनि थाहा छ ।

यो सबलाई नजिकैबाट मैले पनि नियालिरहेको छुँ तर बोलेको छैन । मेरो चरीत्र हत्या हुनेगरी पोष्टिएका अक्षरको जरुर हिसाब होला ।

प्यारी रन्जिता, मैले तिमिलाई मुद्दा हालेको होइन,निर्वाचन आयोगलाई हो । अदालतले कारण देखाउ आदेश जारिगर्दा निर्वाचन आयोगको जवाफमा तिमिलाई पनि सोध्ने आदेश गरेको मात्रै हो । तिललाई पहाड बनाउनु हुन्न,समाजमा धेरै जान्ने बुझ्ने मान्छे छन् ।

केही स्वार्थी मान्छेले तिम्रो मेरो सम्बन्ध र नागरिक उन्मुक्ति पार्टीलाई सिद्ध्याउने खेलमा सहजै खेलेको मैले त बुझेको थिएँ तर तिमिले बुझेनौ ।

तिमी सोझी र अन्जान छ्यौ तर मुडि छ्यौ भनेर नजिकबाट बुझ्नेले त्यसको फाइदा उठाए ।

१. माननीय इन्दिरा गिरिलाई कार्वाही गर्न उक्साए ।

२. माननीय घनश्याम चौधरीलाई संसदीय दलको नेताबाट हटाउन लागाए ।

३. तिमिलाई उकासी उकासी पत्र माथी पत्र काट्न लगाए ।

यो सब गराउनेलाई भोलिको परिणाम थाहा थियो । यिनले हाम्रो संवादलाई कसरी रोक्न सकिन्छ,अहिले पनि रोक्ने प्रयत्न गरिनै राखेका छन् । तर अब रोकिनुहुन्न । संवादको सुरुवात गरे दुबैको मन हल्का होला ।

नबिर्सनु रन्जिता, यिनले हामिलाई राम्रो नाच्यो भनेर थपडी बजाए जस्तो नाटक मात्रै गरेका हुन् । वास्तवमा यिनले हामी दुबैलाई नङ्ग्याई राखेका मात्रै हुन् ।

सरल तरिकाले बुझ तिमी,मैले निर्वाचन आयोगको फैसला अदालत भन्दा गम्भीर र त्रुटिपूर्ण देखेपछी त्यसको प्रतिवाद मात्रै गरेको हुँ । सबका सामु अध्यक्ष स्विकारेको छुँ,तिम्रो मानमर्दन गरेको छैन । तिमिले यत्ति बुझ्नु रन्जु,हाम्रो पार्टी काठमाडौंमा एमाले र टीकापुरमा माओवादी किन बन्छ ? यो दुबै नबनेर नागरिक उन्मुक्ति पार्टी मात्रै बनोस् भन्ने मेरो चाहना हो ।

तिमिले बुझ्नु, यो चटकेहरुले हिजो म निर्दोष छ भन्दै मेरो गीत बजाएर भोट मागे,आज किन मलाई दोषी करार गरेर जेल हाल्ने षड्यन्त्र गर्दैछन् । मैले त राम्रोसँग बुझेको छुँ रन्जु,तिमी सिद्धिनु भनेको म सिद्धिनु हो तर तिमिले बुझेकी छ्यौ कि छैनौ,म सिद्धिनु भनेको तिमी पनि सक्किनु हो ?

हाम्रो आन्तरिक भेद बाहिर निकाल्न खोल्नेहरु दुबैका होइनन् । हामी सचेत रहनुपर्छ ।

तिमिलाई मेरो सुझाव छ रन्जु,अहिले केहिदिन ३ तत्वबाट टाढा रहनु,

१. छोरी भन्नेसंग

२. भाउजू भन्नेसंग

३. भान्जी भन्नेसंग

यी ३ को खेलबाट बच्नु कल्याण आफै हुन्छ ।

जसले तिमिलाई मन्त्री ज्यु भन्छ त्यो चाहिँ तिम्रो असलि कार्यकर्ता हो ।

अहिले म काठमाडौंमा केवल तिमी भेट्ने उद्धेश्यले मात्रै आउँदैछु । केवल २ जनाको मात्रै वार्तालाप होस् । एक आपसमा मन माझौँ । मिल्दा पनि मनैले मिलौं,छुट्टिदा पनि जग नहँसाएर छुट्टिऔं । हाम्रा सन्तान इष्टमित्र सबैलाई आहट भएको छ । यसैमा दुबैको भलाई छ र पार्टीको कल्याण पनि ।

जय नागरिक ।