• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

युएईविरुद्ध नेपालको खराब सुरुवात, गुमायो तेस्रो विकेट, रोहित ५ रनमा आउट



काठमाडौँ । एसिसी प्रिमियर कप टि–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले युएईसँग प्रतिस्पर्धा गरिरहेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले तेस्रो विकेट गुमाएको छ । नेपालले तेस्रो विकेटको रुपमा कप्तान रोहित पौडेललाई गुमायो । उनी १८ बलमा ५ रन जोडेर पेभिलियन फर्किए ।

नेपालले ताजा अवस्थामा ७ ओभरमा ३ विकेट गुमाएर ३८ रन जोडेको छ । हाल क्रिजमा सन्दीप जोरा र कुशल मल्ल छन् ।