२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिसी प्रिमियर कपः सेमिफाइनलमा नेपालको भिडन्त युएईसँग



अ+ अ-

काठमाडौँ । एसिसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले युएईविरुद्ध प्रतिस्पर्धा गर्ने भएको छ  ।

साबिक विजेता समेत रहेको नेपाल समूह ‘ए’को विजेता र युएई समूह ‘बी’को उपविजेताका रूपमा अन्तिम चारमा भिड्न लागेका हुन् ।

ओमानमा बुधबार भएको खेलमा नेपालले साउदी अरेबियालाई ६ विकेट हराउँदै समूह विजेता बनेको हो ।

नेपालसँग पराजित साउदी अरेबियाको सेमिफाइनल पुग्ने सपना अधुरै रह्यो । समूह ‘ए’मा साउदी अरेबियाको चार खेलबाट २ अंक रह्यो  । नेपालविरुद्धको खेलमा जित निकाल्न सकेको खण्डमा साउदी अरेबियाले हङकङ र कतारसँग समान ४ अंक बनाउने थियो । रनरेटका आधारमा साउदी अरेबियाले अन्तिम चारमा पुग्ने मौका पाउने थियो ।

कतार र हङकङले चार खेलमा समान ४ अंक जोडे । तर, रनरेटमा पछि परेपछि कतार अन्तिम चारमा पुग्न सकेन । अब हङकङले समूह ‘बी’को विजेता ओमानसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।

समूह ‘ए’मा नेपाल अपराजित रह्यो । समूह ‘बी’मा ओमान पनि अपराजित रह्यो । युएईले ६ र कुवेतले ४ अंक जोडे ।