२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोटरी क्लब अफ डामे बेल्जियमले अर्थोपेडिक अस्पताललाई सहयोग गर्ने



अ+ अ-

काठमाडौं । रोटरी क्लब अफ डामे बेल्जियमका रोटरियनहरुले काठमाडौँको जोरपाटीस्थित नेपाल अपाङ्ग सङ्घ अर्थोपेडिक अस्पताललाई सहयोग गर्ने भएका छन् ।

रोटरियनहरुको टोलीले बुधबार अस्पतालको भमण गरी सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

रोटरी क्लब अफ डामे बेल्जियमका पूर्व अध्यक्ष जोहनाले यस अस्पतालसंग रोटरियनहरुको भावनात्मक सम्बन्ध रहेको उल्लेख गर्दे सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।

कार्यक्रममा अस्पतालमा मेडिकल निर्देशक डा कैलाश भण्डारीले अस्पतालले उपलब्ध गराएका सेवा संगै सहयोगी सस्थाहरुको सहयोगमा संञ्चालित कार्यक्रमहरु बारे जानकारी गराउनु भएको थियो ।

उहाँले अनाथ, असहाय, निम्न वर्गीय तथा अपाङ्गता भएका नागरिकको स्वास्थ्य सेवामा समर्पित रहनेगरी गैरनाफामूलक संस्थाका रुपमा सन् १९९८ मा स्थापना भएको यस अस्पतालले हाडजोर्नीका बिरामीका लागि सेवा प्रदान गर्दै आएको जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा पूर्व मेडिकल निर्देशक डा. अनिलबहादुर श्रेष्ठ र सञ्चालक समितिका सदस्य डा. प्रमोदबहादुर श्रेष्ठले अस्पतालको स्थापनाको इतिहासदेखि वर्तमान अवस्था र भबिष्यका योजनाहरुका बारेमा जानकारी गराउनुभएको थियो ।