२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलमा आज दिल्ली र गुजरात भिड्दै



अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ३२औं खेलमा आज गुजरात टाइटन्स (जीटी) ले दिल्ली क्यापिटल्स (डीसी)सँग प्रतिस्पर्धा गर्दैछ । खेल साँझ ७ः४५ बजेदेखि अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा सुरु हुनेछ ।

दुवै टोलीको यो सिजनको सातौं खेल हुनेछ । गुजरातले यो सिजन ६ मध्ये ३ खेल जितेको छ र ६ अंकसहित अंक तालिकाको छैटौं स्थानमा छ । अर्कोतर्फ डिसीले ६ खेलमध्ये २ जितेको छ र ४ अंकसहित नवौं स्थानमा रहेको छ ।

आईपीएलमा हालसम्म दिल्ली र लखनउबीच कुल ३ खेल खेलिएका छन् । गुजरातले २ खेल जित्दा दिल्लीले एक खेल जितेको छ । दिल्लीले गुजरातविरुद्ध जितेको एउटै जित अहमदाबादमा मात्रै हो । यस मैदानमा दुवै टोली दोस्रो पटक आमनेसामने हुँदैछन् । पछिल्लो खेलमा डीसी ५ रनले विजयी भएको थियो ।