३० जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा,निःसन्तान समस्या २० प्रतिशतले बढाएको विज्ञको दाबी पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो कोलकातामा नाट्टा गण्डकीको पर्यटन प्रवर्द्धन: पोखरा र पश्चिम बंगालबीच सहकार्यको नयाँ आधार श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

बटलरले पछि पारे क्रिस गेललाई



अ+ अ-

एजेन्सी । मंगलबार राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्सलाई २ विकेटले पराजित गर्यो । अन्तिम समयसम्म रोमाञ्चक बनेको यस खेलमा राजस्थानको जितको नायक थिए जोस बटलर ।

उनले शतकीय पारी खेल्दै राजस्थानलाई जित दिलाए । बटलर १०७ रन बनाएर अविजित फर्किए । अन्तिम ओभरमा वरुण चक्रवर्तीको बलमा रन लिएर टोलीलाई यादगार जित दिलाए ।

१७ ओभरको अन्त्यमा राजस्थान रोयल्सको स्कोर ७ विकेटमा १७८ रन थियो । राजस्थानलाई जितका लागि १८ बलमा ४६ रन आवश्यक थियो । जोस बटलर क्रिजमा उभिरहेका थिए । इनिङ्सको १८औँ ओभरबाट बटलरले हात खोल्न थाले र दुई ओभरमै उनले खेलको कायापलट पारे ।

आईपीएलको इतिहासमा जोस बटलरले बनाएको यो सातौं शतक हो । योसँगै बटलर यस लिगमा सर्वाधिक शतक प्रहार गर्ने ब्याट्सम्यानको सूचीमा दोस्रो स्थानमा पुगेका छन् । बटलरले क्रिस गेललाई पछि पारेका छन् । गेलले आईपीएलमा ६ शतक प्रहार गरेका छन् । विराट कोहली ८ शतकका साथ पहिलो स्थानमा छन् ।